• भक्तघलेको भजन संग्रह “अध्यात्म” सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १६ फाल्गुन २०७३, सोमबार

    Bhakta ghale (5)
    फागुन १६, काठमाण्डौं । गायक भक्त घलेले आफ्नो पहिलो सांगीतिक भजन संग्रह अध्यात्म सार्वजनिक गरेका छन् | काठमाडौँमा बिहिबार एक समारोहविच भजन शिरोमणि भक्तराज आचार्य,संगीतकार न्ह्यु बज्राचार्य, गायिका देविका बन्दना, स्वरुपराज आचार्य लगाएतको हातबाट भक्तको ‘अध्यात्म’लाइ सार्वजनिक गरिएको हो |

    घलेको ‘अध्यात्म’मा जम्मा जम्मी ८ वटा भजनहरु रहेको छ | विमोचन समारोहमा कति मिठो बन्सीको धुन बोलको भजनको भिडियो समेत प्रदर्शन गरिएको थियो | यस्तै दुइ ओटा गीतलाई लाइभ बाजा गाजा सहित भक्तले प्रस्तुति गरेका थिए |
    उक्त बिमोचन समहरोह्मा गायक भक्त घलेले कार्यक्रमका प्रमुख अथिति तथा भजन शिरोमणि भक्तराज आचार्यलाई रु एक लाख एघार हजार एक सय एघार रुपैयाँ नगदसहित सम्मान गरेका थिए |

    सेलिब्रेटी म्यानेजमेन्ट नेपालको संयोजनमा सम्पन्न उक्त समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वहरुले गायक भक्त घलेलाई बधाई तथा शुभकामना ब्यक्त गरे |
    Bhakta ghale (7)

    Bhakta ghale (6)

    Bhakta ghale (5)

    Bhakta ghale (4)

    Bhakta ghale (3)

    Bhakta ghale (2)

    Bhakta ghale (1)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु