
साउन ३, काठमाडौं । गायक यमन भारद्वाजको ‘ म मा तिमी ’ बोलको नयाँ गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत रिलिज भएको छ । इलाम मा जन्मिएका गायक यमन भारद्वाज रेडियो नेपालको राष्ट्रिय स्तरको आधुनिक गीत गायन प्रतियोगीतामा दोस्रो स्थान हासील गरिसेकेका गायक हुन् । उक्त गीतमा गायिका मेलिना राईले हमिङ्मा स्वर दिएकी छिन् ।
रेडियो नेपालमा राष्ट्रिय स्तरको आधुनिक गीत प्रतियोगीतामा संगीत र गायनमा गरि ३ पटक सम्म पुरस्कृत र १७ औं इमेज अवार्ड प्राप्त गरिसकेका गायक तथा संगीतकार योगेन्द्र उपाध्यायको शब्द/संगीत रहेको छ । भिडियोमा नेपालकी पहिलो मुश्लिम नायिका तथा मोडल ओशिमा बानु र चर्चित भिजे श्रीजल रुपाखेतीको फिचरिङ रहेको छ ।
राहुल प्रधानको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन समेत राहुल प्रधानले नै गरेका छन् । लुजा: शिंहले खिचेको उक्त भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुस् :