• भिसा र भाग्य सँगसँगै

    म्यूजिक खवर
    प्रकाशित: १४ बैशाख २०७४, बिहीबार

    म्यूजिकखबर डेक्स

    रामजी खाँड, लोकदोहोरी गायनको क्षेत्रमा चर्चित नाम हो । लोकदोहोरीले एउटा धारमात्र समातिरहेको बेला रामजी खाँडको आधुनिक शैलीमा आगमन भएको हो । हुन त रामजी पनि पुरानै शैलीमा दौडिरहेका थिए । तर सफलताको श्रेणी प्राप्त गर्ने समय भने उनका लागि लोकदोहोरीको आधुनिकताबाट प्राप्त भएको हो । हजारौं लोकदोहोरी गीतमा स्वर दिइसकेका खाँडले युवा पुस्ताको रुचाइलाई आफ्नो पकडमा लिन सफल भए । स्याङ्जा जिल्ला मल्याङकोट – ३ मा जन्मिएका खाँड दुई दाजुभाइमध्येका जेठा छोरा हुन् । स्कुले जीवनदेखि नै गाउनमा रुचि राख्ने खाँडले स्कुलमा हुने प्रतियोगिताहरुमा भाग लिन्थे । सबै प्रतियोगितामा प्रथम हुने गर्थे, सबै साथीभाइ र शिक्षकहरुको माया पाएका थिए उनले । दुई घन्टाको बाटो हिंडेर स्कुल जानुपर्ने भएकाले उनी बाटोमा गीत गाउँदै साथीभाइसँग हिंड्ने गर्थे उनी । लाहुरे परिवारमा जन्मिएका भए पनि उनी लाहुरे हुने सोचमा दौडिएनन् । बरु केही समय शिक्षक भएर गाउँकै स्कुलमा पढाए तर गायनको रुचि उनीभित्र उकुसमुकुस बन्न थाल्यो र काठमाडौंतर्फ हानिएका हुन् उनी ।

    khand_ramjee
    ०००००
    काठमाडौं प्रवेशपछि एउटा एल्बम गर्ने सोचमा उनले ‘वालिङ बजारमा’ झरना संगीतबाट रेकर्ड गर्न सफल भए । वालिङ बजार एल्बम ७÷८ हजारको संख्यामा बिक्री भएको अनुभव उनीसँग छ । त्यसपछि उनी स्याङ्जा फर्किए । एल्बमले सफलता हात पार्दै थियो । १४ हजारमा रेकर्ड गरेको अडियोले लगानीभन्दा केही नाफा हात पारेपछि गाउँ फर्किएका उनी पुनः काठमाडौं नै फर्किए । ०५८ सालमा पुनः एल्बम निकाले तर चलेन । साथीहरुसँग मिलेर कोठा खोज्ने काम गरेँ । गीतमा लगानी गर्दै जाँदा आम्दानी शून्यतिर झ¥यो अर्थात् सफलता हात पार्न सकेनन् गायक खाँडले । त्यही बेला काठमाडौंमा दोहोरी साँझ खुल्ने क्रम सुरु भएको थियो उनले पनि साथीहरुसँग आफ्नो दुःखका कुरा सुनाए । एल्बम चलेन दोहोरीमा काम गर्नुप¥यो भन्ने सोचमा उनले पुकार दोहोरी साँझमा काम गर्ने अवसर साथीहरुबाट पाए । काठमाडौंको पहिलो दोहोरी साँझ थियो पुकार दोहोरी । म अग्रज कलाकारहरुले गाउने गीतको स्वर थप्ने काम गर्न थालेँ । बद्री पंगेनी, राजु परियार, शर्मिला गुरुङ जस्ता गायक गायिकाहरुले गाउने ठाउँमा आफू पनि संगत गर्न पाउँदा एकातिर खुशी थिएँ भने अर्कोतिर एल्बम कसरी निकाल्ने र टिक्ने भन्नेमा उनको ध्यान जाने गथ्र्यो । तत्कालिन समयमा धेरै गीत निकालेँ तर चल्न सकेन । त्यतिबेला जुन कलाकार चल्थे ती कलाकार मात्र रेकर्डिङका व्यस्त हुन्थे । मैले चारपाँच वटा एल्बम आफैंले गाएँ ती चलेनन् । कम्पनीहरुले राजु परियारको स्वर राखेर ल्याउ भन्थे त्यो पनि गरेँ । तर गीत चल्दै चलेनन् ।
    ०००००
    बुबा इन्डियन लाहुरेको क्याप्टेन हुनुहुन्थ्यो । परिवारबाट न गीत चल्यो न नाम ? अब यसरी हुन्न भन्ने दबाब आएपछि मैले पासपोर्ट बनाएँ, खाँडले अतित सम्झिँदै भने – ‘धेरै देशमा डकुमेन्ट पेश गरेँ तर भिसा पनि लागेन । अन्तिममा एउटा म्यानपावरमा पासपोर्ट बुझाएँ, दुबईको भिसा लाग्यो । झण्डै एक वर्षपछि भिसा आयो । त्यही बेला मेरा दुई गीत देउरालीको भट्टी पसल र पछ्यौरी लेउ बैनाले सफलता हात पा¥यो । सायद मेरो दिन बल्ल आएको रहेछ जस्तो लाग्यो ।’ त्यसपछि भिसा क्यान्सिल गरेर उनी नेपालमै बसे । गीत चल्यो, बिक्री पनि राम्रो भयो । रामजी खाँड भनेर क्लिक भयो, मनमा आत्मविश्वास बढ्यो । ती गीतले गर्दा व्यवसायिक गायकका रुपमा अवसर प्राप्त हुँदै गयो । अग्रजहरुले पनि गाउने अवसर दिनुभयो । जसले गर्दा खाडीको कामदार हुनु परेन । त्यसपछि डिजिटल मार्केट सुरु भयो । लोकदोहोरीमा ट्रेन्ड पनि परिवर्तन हुँदा उनका गीतले सर्वाधिक सिआरबिटी, पिआरबिटी डाउनलोड हुन सफल भए । आफूले निकालेका एल्बम फ्लप भए, आम्दानी भएन झण्डै १२ वर्षको संघर्षपछि सफलता हात परेको हो । दोहोरीमा काम गरेर कोठाभाडा तिर्ने काम गरियो तर निरन्तरता र धैर्यतामा मेरो प्रगति भएको महसुस भएको छ, खाँडले भने ।

    ramjee khand
    ०००००
    बाहिरबाट हेर्दा कलाकारको जिन्दगी रङ्गी विरङ्गी झिलीमिली हुन्छ, तर भित्र हेर्दा पीडाको पोको मात्रै छ । सम्पूर्ण जीवन गीतसंगीत एवं कलाकारितामै व्यतित गर्छन् । नाम हुन्छ, एउटा उचाइमा पुग्छ, सेलिव्रेटी भन्छन्, त्यो अनुसार हामीले आफुलाई मेनटेन गर्न सक्दैनौं, सवै कुरा आर्थिक मै आएर जोडिन्छ त्यसपछि बाहिरी आवरणमा भित्री पीडा लिएर जीउनपर्दा पीडादायी जिन्दगीको महसुस हुने गर्छ रामजी खाँडलाई पनि । कलाकारिता भनेको पहिला त आत्म सन्तुष्टि मात्रै हो भन्छन् गायक खाँड । नाम र दाम कमाउने सीमित हुन्छन् । नाम मात्रै कमाएर दाम नकमाउने धेरै हुन्छन् । नाम र दाम खोज्दा खोज्दै कलाकारितामा जीवनमरण हुने अझ धेरै छन् ।
    ०००००
    गायक हुन त्यति सजिलो छैन । गाउँमा भनेजस्तो शहरमा गायक त्यत्तिकै भइँदैन । यो त भगवानले दिनुभएकोे उपहार हो । जो कोहीले चाहेर पाउने चिज होइन रहेछ गला । आफूलाई कला र गलासँग समायोजन गरेर समाजमा जानका लागि धेरै संघर्ष गर्नुपर्ने अनुभव गायक खाँडसँग पनि छ । आफुलाई लोक गायक हुनुमा गर्व गर्ने खाँड सबैले चर्चित हुने अवसर नपाउने र समयलाई चिन्न नसक्दा कति पछाडि पर्नु परेको पीडाभित्र आफू पनि भएको बताउँछन् ।
    ०००००
    ‘पहिलो कुरा आफुमा त्यो क्षमता हुनु प¥यो । नत्र कसैले गधालाई गाई बनाउँछु भन्यो भने मुर्खता मात्रै हुन्छ । यो क्षेत्रमा लागेर नआत्तिनु नमात्तिनु धैर्य गर्नु पर्छ । समय सबैको आउँछ भन्थे हो रहेछ । त्यहि समयमा मेरो शिव हमालसँग भेट भयो उहाँ मेरो स्कुले जीवनको साथी पनि हो । उहाँसँगको भेटमा हामी मिलेर गीत गर्ने कुरा ग¥यांै । सँगै सहकार्य ग¥यौं सबै गीत हिट भयो । त्येसैले मेरो सफलतामा शिव हमालको नाम जोडिन्छ ।’ सबैका आ–आफ्ना प्रेरणाको स्रोतका रुपमा लिने नाम हुन्छन् ।
    ०००००
    सधैं एऊटै धारको गीत चलिरहेको बेला म अलगधारको गीत गाउँदै आएँ । मलाई चिन्ता थियो म सफल हुन्छु की हुन्न दर्शक स्रोताले मन पराउँछन् की पराउँदैनन्, चुनौति थियो मलाई । म फरकधारमा आउँदा सफल पनि भएँ । मेरो स्वर र गाएकी अनुसारको गीत बन्न थाल्यो । सबै मेरै धारमा बहुलाउन थाले । बजारले त्यस्तै माग्यो, पछिल्लो पुस्ताले त्यहि कपी गरे । अझ फरकधार बनाउन थाले । अहिले मौलिकता हराउँदै गाको छ, एक चोटी विग्रेको बजारलाई फेरी पहिलेकै अवस्थामा ल्याउन समय लाग्छ । त्यो फरकधार हाम्रो लागि निल्नु न ओकल्नु भएको छ ।
    ०००००
    लोकदोहोरी बचाउन लागि परेका हस्तीहरु नै एक नम्बर यसको कारण हुन् । किनकी उनीहरुले जे सिकाए नयाँ पिंढीले त्यहि सिक्ने हो । कमसेकम लोकगीत गाउनले नि गायन शिक्षा लिनु पर्छ भन्ने शिक्षा दिएको भए आज दोहोरीमा यो फोहोरीको आरोप थेग्न पर्ने थिएन । नियम कानुन नहुनु र भएर नि लागू नहुनु मुख्य कारक तत्व हो । मौलिकता हो, दोहोरीमा आधुनिकता भित्रिएको छ, उत्ताउला शब्द प्रयोग हुने गर्छन् । समय सापेक्ष बिषयवस्तु उठान गरेर गाउँ, ठाउँको प्रतिनिधित्व गर्ने खालका गीत आएका छैनन् । समाजमा सन्देश दिने खालका शब्द र भाका चयन नहुनु मुल कारक हुन् । त्यसैले अवको आवश्यकता भनेको मौलिक गीत नै हो ।

    Khand_ramji
    ०००००
    रामजी खाँडलाई सबैभन्दा मनपर्ने गायक नारायण रायमाझी र गायिकामा विमा कुमारी दुरा र शर्मिला गुरुङ ।
    ०००००
    ‘मेरो गीत मेरो स्वरलाई मन पराएर मेरो फ्यान बन्नु भनेको एउटा कलाकारको लागि त्यो भन्दा ठुलो कुरा के हुन्छ । उहाँहरुकै मायाको कारणले मलाई देशविदेश घुम्ने अवसर मिलेको छ । मसँग कुनै शब्द छैन सम्वोधन गर्ने । म सम्मान गर्छु धन्यवाद दिन्छु, अरु चाहिँ केही भन्दिनँ ।
    ०००००
    वर्षमा आधा दर्जन देशमा कार्यक्रम लिएर पुग्ने खाँड मुलुकभित्र हुने महोत्सवहरुमा पनि उत्तिकै सहभागी हुने गर्छन् । दर्शक उफार्नका लागि नराम्रो गीत अहिलेसम्म गाएकै छैन भन्ने दाबी गायक खाँड गर्छन । अब आउने पुस्तालाई लोकदोहोरी हो भन्दैमा संगीतको शिक्षाबिना आउनु राम्रो नभएको बताउँछन् उनी । धैर्यता, निरन्तरतासँगै शिक्षाको ज्ञान हुनु जरुरी भएको उनी बताउँछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु