• मनिपालको ‘तिम्रो मुस्कान’ सार्वजनिक (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १८ बैशाख २०७४, सोमबार

    manipal-rai

    वैशाख १८, काठमाडौं । धमाधम गीतहरु बजारमा आउने क्रम बढेको छ । अझ प्रवासबाट निकै गीतहरु सार्वजनिक भएको पाईन्छ । सोही क्रममा परदेशमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर अगाडि बढिरहेका गायक, संगीतकार तथा गीतकार मनिपाल राईले ‘तिम्रो मुस्कान’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् ।

    उनले पछिल्लो समय धमाधम आफ्ना गीतहरु बजारमा ल्याईरहेका छन् । उनी पछिल्लो समयमा निकै ब्यस्त तथा चर्चामा आउँन सफल भएका छन् । राईले केही समयअघि आफ्नै शब्द, संगीत र स्वरमा रहेको एल्बमका साथै भिडियोहरु पनि सार्वजनिक गरेका थिए ।

    उनको ‘तिम्रो मुस्कान’को म्युजिक भिडियोमा कलाकारहरु सुरज, मेका र चार्लीले शसक्त अभिनय गरेका छन् । निर्देशक सुन्दर लावतीको निर्देशनमा तयार भएको भिडियोमा फुर्वा दोर्जे तामाङको छायांकनमा मलेसियाको विभिन्न स्थानहरुमा कैद गरिएको छ । जसलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।

    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु