• मनिपालको वेदना सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १७ भाद्र २०७२, बिहीबार

    काठमाडौं । प्रतिभाशाली गायक मनिपाल राईको स्वर, शब्द र संगीतमा रहेको गीतिसंग्रह ‘वेदना’ सार्वजनिक भएको छ । वेदनालाई म्यूजिक खबर डटकमबाट आज सार्वजनिक गरिएको हो ।
    सांगीतिक क्षेत्रमा सम्भावना बोकेका गायक, संगीतकार एवं गीतकारका रुपमा उदाएका मनिपालले दुई दर्जनभन्दा बढी गीतमा संगीत दिइसकेका छन् । दुई वटा आफ्नै एल्बम बजारमा ल्याएका मनिपालले गायनमा पनि उत्तिकै ध्यान दिने गर्छन् । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेका मनिपालले विदेशमा रहँदा पनि निरन्तर संगीत भर्ने काम गरिरहेका छन् । मलेसियामा नै रहेको रकेर्डिङ स्टुडियोहरुमा उनले गीत रेकर्ड गराइरहेका छन् । पछिल्लो समय मलेसियाबाट नेपाल फर्कने वित्तिकै उनले दुई वटा एल्बमको काम सम्पन्न गरिसकेका छन् । मलेसियामै रहेका गायक अमर राईको एल्बम इमोर्टलमा संगीत भर्न सफल भए भने आफ्नै स्वर, शब्द र संगीतमा रहेको एल्बम वेदनालाई पनि सार्वजनिक गरे ।

    manipal
    आधुनिक गीतहरुको संग्रहका रुपमा मनिपालले ‘वेदना’ लिएर आएका हुन् । वेदनमा तिम्रो यादमा, छुटायो साथ, हामी नेपाली, ओइ मैया, मेरो माया, जिन्दगीमा, दुखिरहन्छ जस्ता गीतहरु समावेश गरिएका छन् । जसमा मनिपाल राईले छुटायो साथ, हामी नेपाली, ओइ मैया, मेरो माया, जिन्दगीमा जस्ता गीतको शब्द लेखेका छन् भने दुखिरहन्छ र तिम्रो यादमा गीतमा मात्र दाजु दिक्पाल राईको शब्दलाई समावेश गरेका छन् । त्यस्तै तिम्रो यादमा, हामी नेपालीमा मनिपालको संगीत र स्वर रहेको छ भने ओइ मैयामा संगीत मात्र भरेका छन् । छुटायो साथ, मेरो माया, जिन्दगीमा, दुखिरहन्छमा भने सुमन राईको संगीत रहेको छ । दुखिरहन्छ बोलको गीतमा भने सुनिता पन्तको स्वरलाई समावेश गरिएको छ । वेदनालाई शुभकामना मिडियो सोलुसनले बजार प्रबद्र्धन गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु