• मनोनयनमा परेकालाई प्रमाणपत्र प्रदान

    म्यूजिक खबर
    प्रकाशित: २१ भाद्र २०७२, सोमबार

    भट्टराईलाई पत्रकारिता सम्मान, महर्जन र विष्टलाई बाल प्रोत्साहन र पुनलाई डायस्पोरा सम्मान


    काठमाडौं । चौथो म्यूजिक खबर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट पाँचको मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनमा प्रमाण पत्र प्रदान गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी सर्वोत्कृष्ट पाँचमा परेका स्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।
    आगामी २८ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुन गइरहेको म्यूजिक खबर म्यूजिक अवार्डको सर्वोत्कृष्ट पाँचको मनोनयनमा परेका राष्ट्रिय भावको गीत, पप, लोकदोहोरी, चलचित्र, गजल एवं सुगम संगीतका विभिन्न ३१ का स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको हो । उक्त कार्यक्रममा राष्ट्रिय भावमा परेका ध्रुवराज पौडेल, माधवराज खरेल, राजन ठकुरी, लोकराज अधिकारी, पूजा मारिया पप गायनबाट आशुसेन लामा, कृष्ण काफ्ले, कन्काइस्ट राई, पप संगीतमा दीपक शर्मा, रमेशराज भट्टराई, विपिन आचार्य लगायतका स्रष्टाहरुलाई प्रमाण पत्र दिइएको थियो ।

    musickhabar music award (1)
    त्यस्तै लोकदोहोरीमा रमेश बिसी, कस्तुप पन्त, विरही कार्की, राजन भुजेल, राजु परियारलगायतका गायक गायिका एवं रचनाकारहरु मनोनयनमा परेका थिए भने शंकर बिसी, नारायण ढकाल, विमल अधिकारी, पार्वती राई, महेन्द्र गौतम लगायतका मोडल एवं निर्देशकले मनोनयनको प्रमाणपत्र प्राप्त गरेका थिए । त्यस्तै चलचित्रबाट अर्जुन पोखरेल, युवराज चौलागाईं, दीपक शर्मा, रवि कार्की, सहिमा श्रेष्ठ, विकास चौधरी लगायतका स्रष्टाहरुले मनोनयनको प्रमाणपत्र लिएका थिए ।

    musickhabar music award (7)
    त्यस्तै सुगम संगीतको तर्फबाट आनन्द कार्की, मिलन अमात्य, सुरज कुमार थापा, निखिता थापा, गोविन्दप्रसाद उपाध्याय, विश्व देवकोटा, अविद, लगायतका स्रष्टाहरुले मनोनयनमा परेका स्रष्टाहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
    विगत चार वर्षदेखि निरन्तर रुपमा सम्पन्न हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डमा यस वर्ष पनि ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार २०७२’ बाट कान्तिपुरको साप्ताहिक प्रकाशनमा कार्यरत रहेका पत्रकार कृष्ण भट्टराईलाई प्रदान गरिने घोषणा गरिएको छ । त्यस्तै ‘म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान– २०७२’ बाट दर्शना महर्जन र नेपाली चलचित्र जगतबाट मात्र नभएर नेपालीहरुकै प्रतिनिधित्व गर्दै सानो उमेरमा चलचित्र निर्देशन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा ‘विश्वको कान्छो निर्देशक’का रुपमा नाम लेखाउन सफल निर्देशक सौगात विष्टलाई प्रदान गरिने भएको छ । त्यसैगरी विदेशमा रहेर नेपाली गीतसंगीतमा क्रियाशील रहेका कुनै एक स्रष्टालाई यस वर्षबाट म्यूजिक खबर डायस्पोरा सम्मान प्रदान गरिने भएको छ । जसअन्तर्गत डायस्पोरा सम्मानबाट गायक कुमार पुनलाई सम्मानित गरिने म्यूजिकखबर डटकमका अध्यक्ष सुमन बैरागीले बताए ।

    musickhabar music award (6)
    कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानकै सल्लाहकार उज्वल ठकुरी, गायिका शर्मिला गुरुङ एवं म्यूजिक खबर म्यूजिक अवार्डका सल्लाहकार आरसी कोइराला, प्रदीप कुमार उदय, नारायण रायमाझी कार्यक्रम निर्देशक शान्तिप्रिय लगायतको हातबाट प्रमाणपत्र प्रदान गरिएको थियो । अवार्डको सदस्य सचिव सन्तोष श्रेष्ठले स्वागत मन्तव्यका क्रममा अवार्डले चार वर्ष पारगरिसक्दाका अनुभवका साथमा अवार्डको गरिमाका बारेमा प्रष्ट पारेका थिए ।

    musickhabar music award (3)

    musickhabar music award (2)

    musickhabar music award (5)

    तस्विरः आरजे प्रणव सुवेदी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु