• मन्जुलाई आयो रे आमाको सम्झना

    म्यूजिक खबर
    प्रकाशित: ११ श्रावण २०७१, आईतवार

    काठमाडौं, १२ साउन । तिज आएपछि माइतीघरको याद नआउने चेली कुन होला र ? माइती गाउँको कुकुर आयो भने पनि पराइघरकी चेली खुशी हुन्छन् रे भन्ने उखानै छ हाम्रो समाजमा । त्यसैले गायिका मन्जु पौडेललाई पनि तिज नजिकिँदै गर्दा माइतीघरको र जन्मदिने आमाको याद आयो रे । जब चाडपर्व आउँछ अनि माइती देशको, आफ्नो नेपाली संस्कृतिको याद आउने गायिका मन्जु पौडेल पछिल्लो समयकी चर्चित कार्यक्रम प्रस्तोता एवं गायिकाकी रुपमा परिचित छिन् । राम्रो शब्द संयोजन गर्न सफल गायिका मन्जुकै स्वर, शब्द र लयमा रहेको यो तिज गीतको एरेन्ज भने संगीतकार अर्जुन पोखरेलले गरेका हुन् । यसै हप्ता मात्र प्रकाश भट्टको निर्देशनमा म्यूजिक भिडियोसमेत तयार पारेकी मन्जुको अर्को नयाँ गीत अष्टे«लियामा सुटिङ हुँदैछ । विनोद घिमिरेको शब्दमा रहेको उक्त गीतलाई विदेशमा पनि तिजको सम्झना गराउने उद्देश्यले म्यूजिक भिडियो निर्माण गर्न लागिएको उनले बताएकी छिन् ।

    manju

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु