• ‘मस्ती’ मा साहिमा

    म्यूजिक खबर
    प्रकाशित: ९ बैशाख २०७१, मंगलवार

    काठमाडौं, ९ बैशाख । गायिका सहिमा श्रेष्ठ आधुनिक गीति एल्बम ‘मस्ती’ लिएर श्रोतासमक्ष आएकी छन् । ‘मस्ती गरौं न साथी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको महिनादिनपछि सहिमाले एल्बम सार्वजनिक गरेकी हुन् । यसअघि २०६९ मा ‘सहिमा’ ल्याएकी गायिका सहिमाको ‘मस्ती’ दोस्रो सोलो एल्बम हो ।
    नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको एल्बम ‘मस्ती’ मा चार वटा गीत समावेश छन् । यो संसार बनेको, त्यो आकाशमा, मस्ती मस्ती र मन पराउने बोलका गीत संगृहीत एल्बमको एउटा गीतमा सहिमालाई गायक राजेश पायल राईले स्वरमा साथ दिएका छन् । विणा म्युजिकले श्रोतामाझ ल्याएको एल्बममा चन्डीप्रकाश काफ्ले, किरण केसी, रेखा पौडेल र बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ ।

    Masti CD FB.

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु