• माथि है लेकैमा प्रकाश र शर्मिला (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २७ बैशाख २०७५, बिहीबार

    २७ बैशाख, काठमाडौं । आफ्नै गाउँघरको सम्झनामा रुमलिरहेका गायक प्रकाश गुरुङ यतिबेला पनि जन्मभूमिकै वरपरको भूगोललाई गीतमा समावेश गरेर आएका छन् । गोर्खा जिल्ला सिरानचोक गाउँ भएका गायक गुरुङले त्यही क्षेत्रको जनजीवनलाई गीतमा उतार्ने गर्छन् । नेपाली लोकसंगीतको जगेर्ना गर्ने उद्देश्यले आफ्नै भूगोललाई गीतमा समावेश गर्ने गरेका गायक गुरुङले यतिखेर भने मौलिक लोकगीत सालैजो लिएर आएका छन् ।

     

    गायक प्रकाश गुरुङको प्रस्तुतिमा ‘माथि है लेकमा’ बोलको लोकगीत सार्वजनिक गर्दै उनले पुनः आफ्नै गाउँपाखा र सोल्टिनीहरुसँगको रोधीलाई सम्झाएका छन् ।अन्यन्तै उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको सो गीतमा चर्चित सर्जक तुलाराम विरहीको शब्द सिर्जना तथा राजु गुरुङको उत्कृष्ट लय रहेको छ । गीतमा चर्चित गायिका शर्मिला गुरुङ र प्रकाश गुरुङको सुमधुर आवाज रहेको छ ।

    हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामी ढुक्क छौ, गायक गुरुङले भने । दिप गुरुङको निर्देशनमा रहेको गीतको छायांकन सम्भु चालिसेले गरेका हुन् भने सम्पादन सुजन शाहीले गरेका छन् । वि.वि. अनुरागीको संगीतमा रहेको यस गीतको म्युजिक भिडियोमा प्रकाश गुरुङ र चेत कुमारी गुरुङको दमदार अभिनय रहेको छ । यस गीतलाई बजार प्रकाश गुरुङको आफ्नै युटुब मार्फत सार्वजनिक गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु