• माधव खरेल निर्देशित ३ गीतको एकसाथ छायाकंन

    म्यूजिक खबर
    प्रकाशित: ६ फाल्गुन २०७२, बिहीबार

    पोखरा, ६ फागुन । श्री मिडिया सर्च एण्ड मुभि मेकर प्रा.लि. ले ३ वटा गीतको छायांकन गरेको छ । हालै मात्र मेकर प्रा.लि.ले पोखरा लगायतका विभिन्न रमणिय स्थानहरुमा गायिका काव्य आचार्य, गायक अनिल विरही र स्वरुपराज आचार्यको स्वर रहेको ३ वटा गीतको छायाकंन गरेको हो ।

    शुभकामना मिडिया सोलुशनको प्रस्तुती एवं गयिका काव्य आचार्यको स्वर तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको निचोरेर मुटु दिएँ …गीतमा नायिका सानिया खान र प्रतिभावान कलाकार चन्द्र वरालले अभिनय गरेका छन् ।
    त्यसैगरी अनिल विरहीको स्वर तथा संगीतमा तयार भएको वाँचे तिमी संग… गीतमा नायक श्रीदेव भट्टराई र नायिका सानिया खानले अभिनय गरेका छन् ।

    SONY DSC

    SONY DSC

    बरिष्ठ संगीतकार शक्ति वल्लभको संगीत एवं स्वरुपराज आचार्यको स्वर रहेको तिम्रो आँचलमा आएर लुके…..बोलको गीतमा भने श्रीदेव, सानिया र चन्द्रको अभिनय एकैसाथ देख्न सकिने छ । पोखराका विभिन्न रमणिय स्थानमा छायाकंन गरिएको गीतहरुमा क्रमश कविता खड्का, श्रीदेव भट्टराई र अशोक कर्णको शव्द रहेको छ । रामकृष्ण चौलागाईको छायाकंन रहेको गीतहरुको सम्पादन भने प्रदिप दहालले गर्ने बताइएको छ ।

    shreedev bhattarai

    तिनवटै गीतको भिडियो निर्देशन भने चलचित्र निर्देशक माधव खरेलले गरेका छन् । निर्देशक खरेलका अनुसार छिट्टैनै तिनैवटा भिडियोहरु विभिन्न मिडियामार्फत सार्वजानिक हुनेछन् ।

    SONY DSC

    SONY DSC

    SONY DSC

    SONY DSC

    saniya khan

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु