• ‘मायाको जालमा फसेको’ सुटिङ सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: ६ बैशाख २०७४, बुधबार ०९:२३

    Neeru Neupane- Mayako jalma phaseko

    परदेश बाट फर्केर आउँला
    भन्थेउ सँगै बसेर रमाउँला
    हामी दुई मायाको जालमा फसेको
    उडेर जाउँ कि गुडेर जाउँ, धेरै भो सानुले पर्खि बसेको

    प्रस्तुत हरफ हुन् छिट्टै नै सार्वजनिक हुने भनिएको गीत ‘मायाको जालमा फसेको’ गीतको । पछिल्लो समयमा गीति लेखनमा सक्रिय रहँदै आएकी निरु न्यौपानेको शब्द रहेको उक्त गीतको यतिबेला म्यूजिक भिडियोको लागि सुटिङ सम्पन्न भएको छ ।

    चर्चित गायक बिमल डाँगी र गायिका पुर्णकला वि.सी.को सुमधुर आवाजमा सजिएको उक्त गीतमा गणेश चौलागाईंको लय रहेको छ । अनिल शाही प्रस्तुकर्ता रहेको उक्त गीतलाई विन्ध्यवासिनी म्यूजिक प्रा.लि.को प्रस्तुति रहेको छ ।

    रुपा कँडेल र सुरज धमलाको अभिनय रहेको छ भने म्यूजिक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन् । गोदावरीको रमणीय स्थानमा सुटिङ गरिएको उक्त गीत केहि दिनमा नै सार्वजनिक गरिने छ ।

    mayama faseko1

    mayama faseko

    Ganesh Chaumagain

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु