• मायालाई बरदान ठान्नेहरुले हेर्नैपर्ने भिडियो (भ्यालेन्टाईन स्पेसल)

    म्यूजिक खबर
    प्रकाशित: ४ फाल्गुन २०७३, बुधबार
    फागुन ४, काठमाडौं । मायालाई बरदान ठान्नेहरुले हेर्नैपर्ने भिडियो (भ्यालेन्टाईन स्पेसल) “हैन भन्देउन” “दुनीया बेग्लै छ” र पछिल्लो समयमा “तम्रो आखा गाजले” बोलको गीतले संसार भरीका नेपालीको मनमा बस्न सफल गायक समीर आचार्यले अर्को एउटा नया गीतले भ्यालेन्टाइन मनायका छन ।
    राजेन्द्र थापाको शब्दहरुलाई शिखर सन्तोषको कम्पोजीसनमा “माया भगवान हुदो रैछ” बोलको गीत भ्यालेन्टाइन डेको मौकामा सार्वजनीक भएको छ । गीतको भीडीयो अमेरीकाको नर्थ क्यारोलीना राज्य र अष्ट्रेलीयामा छायांकन भएको छ भने गीतमा विवेक सिङ ठकुरी र प्राप्ती गीरीलाई देख्न सकीन्छ र यस गीतलाई प्रसन्न पौडयालले निर्देशन गरेका हुन।
    भ्यालेन्टाइनको पूर्व सन्ध्यामा रिलीज भएको यो गीत आफ्ना सम्पूर्ण माया गर्नेहरुलाई भ्यालेन्टाइन गीफट भएको समीरले बताए। पोहोर सालको भ्यालेन्टाइमा रीलीज भएको उनको दुनीया बेग्लै छ बोलको गीतले नेपाली सांगीतीक आकाशमा तहल्का मच्चाइसकेको छ । उनको यो गीत् करीव २८ लाख पटक युटुयुवमा हेरीसकेको र करीव ५०० वटा कभर डान्सहरु युटुवमा भेटन सकीन्छ ।
    अहीलेलाई “माया भगवान हुदो रैछ” हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु