• मायाले हँसाउँदा हरिदत्त चिन्तामा

    म्यूजिक खबर
    प्रकाशित: ३० बैशाख २०७३, बिहीबार

    गायक हरिदत्त फुलारालाई मायाले हँसायो रे । मायाले हँसाउनु त राम्रै कुरा हो नि, धेरैको मायाले रुवाउँछ भन्छन् तर गायक फुलाराको मायाले हँसाउने र नचाउने काम गर्दा पनि उनी सन्तुष्ट बन्न सकेका छैनन् । तर हँसाएर नचाएरै फसाएको चाहिँ उनलाई पत्तै भएन र यतिबेला उनी चिन्तामा छन् । एउटासँग मायाको नाटक रच्ने र अर्कैसँग रोमान्स गर्ने मायालुको फन्दामा परेका गायकलाई मायाको हाँसोमा फसेको पत्तै भएन ।

    hari-dutta-fulara copy
    हरिदत्त फुलारा गायनका लागि नयाँ प्रतिभा हुन् तर उनको प्रतिभाले आगामी दिनमा नयाँ आयाम ल्याउने देखिन्छ । आफ्नै शब्द र संगीतमा स्वर दिएका गायक फुलाराको हँसायो मायाले गीतलाई सुन्नेहरुले उनलाई एकचोटी प्रगतिको तारिफ गर्छन् नै । धनगढी नगरपालिका १ शान्तिनगरका हरिदत्त फुलारा संगीतका राम्रो विद्यार्थी हुन् । उनले २०६० सालदेखि भारतको बनारसबाट उत्तर भारतीय शास्त्री संगीतको शिक्षा प्रारम्भ गरेका थिए । संगीतमा बनारस हिन्दु विश्वविद्यालयबाट ३ वर्षे डिप्लोमा, ३ वर्षे बीम्यूज र दुई वर्षे एमम्यूज गरिसकेका फुलाराले भारतमा नै संगीतको भविश्य खोजिरहेका थिए । त्यसपछि पुनः नेपाल फर्केर आफूलाई संगीत प्रशिकको रुपमा स्थापित गर्न थाले । धनगढीकै सैनिक आवसीय महाविद्यालयमा २०६९ सालदेखि दुई वर्ष संगीत शिक्षकको रुपमा काम गरेका फुलारा संगीतको क्षेत्रलाई फराकिलो बनाउनकै लागि काठमाडौं छिरेका थिए । काठमाडौंमा आएर संगीतको भविश्य खोज्ने क्रममा विभिन्न ठाउँमा आफूलाई प्रस्तुत गरेका फुलाराले मोर्डन इन्डियन स्कुलमा संगीत प्रशिक्षक भएर काम गरिरहेका छन् ।


    संगीतमा नै आफूलाई समर्पित गर्दै आएका गायक फुलाराले २०७२ मा आफ्नै शब्द संगीत र स्वरमा रहेको एल्बम बजारमा ल्याएका छन् । एल्बमभित्र तीन वटा गीत समावेश गरेका छन् । हँसायो मायाले, सम्झनामा डुबाएर जस्ता गीत रहेको एल्बममा उनको स्वरको जादू सुन्न पाइन्छ । आशालाग्दा प्रतिभाका रुपमा संगीत उद्योगले उनलाई पाएको छ भन्दा फरक पर्दैन । उनको स्वर र गायन शैलीले पक्कै पनि उनको भोलिको भविश्य उज्ज्वल छ भन्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु