• मिस मंगोल मुस्कानले पनि गाडी हल्लाइन् (फोटो फिचरसहित)

    म्यूजिक खबर
    प्रकाशित: ३ आश्विन २०७१, शुक्रबार

    काठमाडौं, ३ असोज । मिस मंगोल बनिसकेकी मुस्कान लिम्बू र ज्ञानु गुरुङले पनि गाडी हल्लाए । पछिल्लो समय गाडी हल्लाउने केटाकेटीको चर्चाले मिडियाबाजी भएको थियो । गाडी हल्लाएको समाचारले प्रहरी वृत्त पनि हल्लिएको थियो तर ज्ञानु र मिस मंगोल मुस्कानको यो समाचारले भने मिडियामा कस्तो चर्चा पाउने हो कुन्नी ? गाडी हल्लाउनेको पछाडि दौडिनेहरु पनि चोभार, चापागाउँ र कीर्तिपुरसम्म नपुगेका भने होइनन् ।
    कुरो गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड भएर गाडी हल्लाएको होइन यो त म्यूजिक भिडियो सुटिङको क्रममा हल्लिएको हो । चोभार, चापागाउँ, कीर्तिपुर लगायतका रमणीय दृश्यहरुमा छायाँकन गरिएको म्यूजिक भिडियोलाई केशव खड्काले निर्देशन गरेका हुन् । यस म्यूजिक भिडियोमा मिस मंगोल मुस्कान लिम्बू र ज्ञानु गुरुङको अभिनय छ । आज मेरो मनमा बोलको गीतको म्यूजिक भिडियोको छायाँकन भने अमृत सुनारले गरेको हुन् । सौरभी गुरुङको स्वर रहेको यस गीतमा रिकेश गुरुङ र सुमन गुरुङ संगीत तथा शब्द रहेको छ । रिकेश गुरुङको एरेन्ज रहेको यस गीतको म्यूजिक भिडियोलाई सुत्र इन्टरटेनमेन्टले निर्माण गरेको हो । भिडियोको सम्पादन भने निशान घिमिरेले गरिरहेका छन् ।

    musickhabar (8)

    musickhabar (7)

    musickhabar (6)

    musickhabar (5)

    musickhabar (4)

    musickhabar (3)

    musickhabar (2)

     

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु