• ‘मिस वर्ल्ड -२०१७’को ताज भारतकी मानुषीको शिरमा

    म्यूजिक खबर
    प्रकाशित: २ मंसिर २०७४, शनिबार

    बेइजिङ् । भारत हरियाणाकी मानुषी छिल्लर ‘मिस वर्ल्ड २०१७’ बन्न सफल भएकी छिन् । चीनको सान्यामा भएको ‘मिस वर्ल्ड’को ६७ औं संस्करण, अर्थात ‘मिस वर्ल्ड २०१७’ को फाईनल राउण्डमा मानुषीले दिएको जवाफले उनलाई विजयी बनाएको हो ।

    ‘संसारमा सबैभन्दा बढी मुल्य तिर्नुपर्ने काम कुन हो ?’ भन्ने प्रश्नमा टप फाईभ मध्येकी मिस इन्डिया मानुषीले ‘आमाले बच्चाहरु र घरको लागि गर्ने काम’ भनि जवाफ दिएकी थिईन् । उनले यो जवाफ दिईरहदा दर्शकदिर्घामा बसेकी उनकी आमा पनि निकै खुशी देखिएकी थिईन् । उनले आमाको महत्व र महिमाको बारेमा निकै गहकिलो जवाफ प्रस्तुत गरिन् ।

    त्यस्तै ‘मिस वर्ल्ड २०१७’ को फर्स्ट रनरअप र सेकेन्ड रनरअप क्रमश मेक्सिकोकी एन्डेरा मिजा र बेलायतकी स्टेफिनी हिल भएका छन् । मिस नेपाल निकिता चान्डक भने टप ४० बाटै बाहिरीएकी थिईन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु