• मुटुमा बिझाउँछ लिएर आए प्रेमप्रकाश

    म्यूजिक खबर
    प्रकाशित: १९ पुष २०७२, आईतवार

    प्रेमप्रकाश वली सुगम संगीतको क्षेत्रमा क्रियाशील गायक हुन् । सांगीतिक क्षेत्रलाई नजिकबाट प्रेम गर्दै आएका वली पछिल्लो समय निकै व्यस्त पनि छन् । सांगीतिक कार्यक्रमहरुमा पनि उत्तिकै व्यस्त भइरहेका गायक वलीले दर्जनौं गीतमा स्वर दिइसकेका छन् । लोकपप, आधुनिक, फिल्मी गीतहरुमा स्वर दिएका गायक वलीले आफ्नो जन्मभूमि दाङदेखि राजधानीसम्मको सांगीतिक यात्रामा धेरै आरोह अवरोह पार गरिसकेका छन् । ओखर काँचो छ, तिम्रै यादमा, भन्थे काइँला बाले, आज मिलनको रात, विवशतामा जल्ने, तिमीले छोडेदेखि बबाल भो जस्ता गीतहरुमा स्वर दिइसकेका गायक वलीले यतिखेर भने अर्को नयाँ गीत सार्वजनिक गरेका छन् ।

    premprakash oli

    मुटुमा बिझाउँछ तिम्रै कुराले
    परेली भिजाउँछ तिम्रै कुराले
    विन्ती नमार न तड्पाएर कुरैकुराले
    बरु एकैचोटी रेट मलाई लाग्ने छुराले

    गायक ओलीले यादव योगीको शब्द र संगीतमा तयार भएको अर्पण एल्बममा समावेश गरिएको ‘मुटुमा बिझाउँछ’ बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । मायाप्रेमभित्रको मिलन विछोड र घातप्रतिघातभित्रको कथावस्तु रहेको यस गीतलाई गायक वलीले स्वरको मिठास दिएका छन् । म्यूजिक भिडियोसहित सार्वजनिक भएको यो गीतको भिडियोमा सगुन श्रेष्ठले निर्देशन गरेका छन् । भेट्रान म्यूजिकको दृश्य निर्माण भएको यो गीतको म्यूजिक भिडियोलाई गोकुल अधिकारीले छायाँकन गरेका हुन् ।

    prem prakash oli_1

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु