• मुटुमा सजाएर रुवाउने कस्तो प्रेमी होला कुन्नी ?

    म्यूजिक खबर
    प्रकाशित: ३० जेष्ठ २०७३, आईतवार

    नायिका अशिष्मा नकर्मी यतिबेला आफ्नो मनको पीडा पोख्दैमा ठिक्क छिन् । अभिनयको माध्यमले आफ्नो करिअर बनाउँदै गरेकी नायिका नकर्मीलाई यतिबेला आफ्नो प्रेमीले पलमा रुवाउने पलमै हँसाउने गरेको छ रे । मुटुमा सजाएर रुवाउने कस्तो प्रेमी होला कुन्नी ?

    ashisma nakarmi
    नायिका अशिष्मा नकर्मी र मोडल निराजन प्रधानले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक महेश थुलुङको ‘पलमै हसायौँ’ बोलको गीतमा अशिष्मा र निराजनले अभिनय गरेका छन् ।
    पत्रकार नविनबाबु गुरुङको निर्देशन र छायांकनमा तयार भएको म्युजिक भिडियोमा अशिष्मा र निराजनको माया प्रेम देख्न सकिन्छ । म्युजिक भिडियोको छायांकन हात्तीवन रिसोर्ट लगायतका क्षेत्रमा गरिएको छ ।
    म्युजिक भिडियोमा अशिष्मा र निराजनसँगै कलाकार सुनिल मगरको समेत अभिनय समेटिएको छ । यस गीतमा मायाप्रेमभित्रकै मिलन विछोडलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु