• मेरा नेता र काठमाण्डौ पैयूँटारको भाले

    म्यूजिक खबर
    प्रकाशित: ८ आश्विन २०७२, शुक्रबार
    • कर्ण नेपाली    (लघुकथा)

     

    जनताबाट सकारात्मक अभिमत प्राप्त गर्नका लागि नेताहरु पार्टी पूmटाए पछि अनि नयाँ सरकार बन्ने समय आएपछि उग्र राष्ट्रबादी देखिन्छन् । तर, जनता सदासर्वदा राष्टभक्ति देखाईरहेका हुन्छन् अनेक रुप र प्रारुपबाट भन्ने मेरो बुझाई पो गलग हो कि जस्तो लाग्थ्यो, हैनरहेछ । तत्कालिन समयको नं १ दैनिक खवर पत्रिका अन्नपूर्ण पोष्टले लेख्यो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले संविधानका विषयमा देखिएको भारतसंगको असमझदारी हटाउन द्धविपक्षीरुपमै छलफल गर्न आवश्यक भएको ठहरगर्दै विशेष दूत पठाउने निर्णयगरेको कुरा ।

    karna nepali

    उता तत्कालिन अत्यधिक मानिसहरुले प्रयोग गर्ने समाजिक सञ्जाल फेसबुकमा भने नेता भन्दा चारकदम अगाढी रहेर जनाहरु भारत विरोधिकुराहरु गरिरहेका थिए । अनी मैले सम्झिएँ भुकम्प आएपस्चात मिलनचोकबाट सपरिवार पैयूँटारसरेको पहिलो रात । भाले बास्यो, बढियाले भनिन् ल उठ बुढा अव किनमेल गर्न जानुपर्छ ।

    मैले पनि उठने विचार गरे । घडी हेरेको त रातीको दुई बजेको रहेछ । अचम्म लाग्यो सोधे हैनहो माइली दिदी यो भाले गाँउबाट ल्याएँको होइन र ? माइली दिदीले भित्रैबाट कराउनु भो, नकरा रातीरउँदी… यो भाले गिरिराज (गिद्ध र कुखुराको मिश्रित नस्ल) हो । यो सधै यहीबेला बास्छ । गाँउबाट ल्याएको त उहिल्यै खाईसक्यौ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु