• मोडिलिङ हुँदै निर्देशनतर्फ नारायण

    म्यूजिक खबर
    प्रकाशित: ६ असार २०७२, आईतवार

    काठमाडौं । म्यूजिक भिडियोको मोडलिङमा जम्दै गरेका मोडल नारायण ढकाल करिब एक दर्जनभन्दा बढी म्यूजिक भिडियोको अभिनयपछि निर्देशनतर्फ लागेका छन् । आफ्नै निर्देशनमा म्यूजिक भिडियो निर्देशनमा लागेका नारायण ढकाल अब मोडलिङ र निर्देशनलाई सँगसँगै लैजाने सोचमा छन् ।
    लोकगायक विमलराज क्षेत्री र लक्ष्मी परियारको स्वरमा सजिएको लोकदोहोरी गीत ‘जब पर्छ साँझ’को निर्देशन गर्दै मोडल नारायणले निर्देशनको यात्रा सुरु गरेका हुन् । शनिबार बाडेगाउँको रमणीय दृश्यमा म्यूजिक भिडियो निर्देशन गर्दै नारायण ढकालले आगामी दिनमा निर्देशनको यात्रालाई अझ मजबुत बनाउँदै लैजाने बताएका छन् । विष्णु घिमिरेको प्रस्तुतिमा हिमाल आचार्यको लय रहेको जब पर्छ साँझको शब्द नौलो किरण र गोविन्द पौडेलको रहेको छ । कविना म्यूजिकले बजार व्यवस्थापन गरेको उक्त गीत जब पर्छ साँझको भिडियो उत्पादनको जिम्मा भने नटराज फिल्मले लिएको हो ।
    भिडियोमा तीतो सत्य, जिरे खुर्सानी, भद्रगोललगायतका टेलिसिरियलमा अभिनय गरेकी स्वस्तिका लामिछाने, जीव गुरुङ र निर्देशक स्वयम् ढकालको अभिनय रहेको छ । भिडियोमा छायाँकन भने गोकुल अधिकारीको रहेको छ ।

    bihe

    bihee

    music suman narayan music suman shooting unit narayan dc swostika lamichhane bimalraj chhetri jib gurung

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु