पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । आयोजक संस्था म्यूजिक खबर डटकमले प्रेस विज्ञप्ति जारी गर्दै पाँचौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो । गीतसंगीतका विभिन्न ३२ विधामा आयोजना गरिँदै आएको म्यूजिक खबर अवार्डमा गीतसंगीतका करिब ११ सय गीतसंगीतले भाग लिएका थिए । उक्त गीतहरुबाट सर्वोत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै १ सय ६० जना कलाकार एवं सिर्जनाको नाम सार्वजनिक गरिएको छ ।
पाँच वर्षअघिदेखि आयोजना गरिँदै आएको यस अवार्डमा यसभन्दा अघि पनि राष्ट्रियस्तरका विभिन्न कलाकारहरुले अवार्ड चुम्दै आएका छन् भने यस वर्ष पनि १ सय ६० जना कलाकार एवं सिर्जनाबाट उत्कृष्ट ३२ विधामा अवार्ड चुम्नेछन् ।
असार ३० गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा हुने यो अवार्डको सर्वोत्कृष्ट पाँचका मनोनयनमा राष्ट्रिय भावतर्फ राजुबाबु श्रेष्ठ, पारसमणि बराल, मनिपाल राई, विजय सुनार, सुरेन्द्र महर्जन लगायतका स्रष्टाहरु उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । त्यस्तै रेश्मा सुनुवार, दुर्गा खरेल, रेनु मोक्तान, वीपी वाग्ले, राजेश हमाल लगायतका पप गायनतर्फ रहेका छन् भने पप संगीतकारमा अर्जुन पोखरेल, कमल खत्री, विपिन आचार्य, शिखर सन्तोष लगायतका छन् ।
सर्वोत्कृष्ट लोकदोहारीतर्फ भने गणेश गुरुङ, विरही कार्की, बद्री पंगेनी, राजन ठकुरी, राजु ढकाल गायकतर्फ छन् भने देवी घर्ती, मुना थापा, शर्मिला गुरुङ लगायतका गायिका रहेका छन् ।
चलचित्रतर्फ भने अर्जुन पोखरेल, डा.कृष्णहरि बराल, दिनेश डिसी, रमेश बिजी, डब्बु क्षेत्री चलचित्र गीतकारको सर्वोत्कृष्ट पाँचमा परेका छन् भने राजेशपायल राई, सुगम पोखरेल, युवराज चौलागाईं, रामचन्द्र काफ्ले पश्र्व गायक एवं अन्जु पन्त, माण्डवी त्रिपाठी, जुनु रिजाल लगायत पाश्र्व गायिकातर्फ उत्कृष्ट पाँचमा परेका छन् । त्यस्तै अर्जुन पोखरेल, सुरेश अधिकारी, विकास चौधरी, चेतन सापकोटा, वसन्त सापकोटा सर्वोत्कृष्ट पाँच चलचित्र संगीतकारतर्फ पर्न सफल भएका छन् ।
आधुनिकतर्फ भने काव्य आचार्य, सहिमा श्रेष्ठ, दुर्गा परियार, रजिना रिमाल, स्वरुपा रसाइली गायिकाको सर्वोत्कृष्ट पाँचतर्फ परेका छन् भने प्रमोख खरेल, शिव परियार, रविन्द्र राई, मनोजराज, भविन ढुंगाना सर्वोत्कृष्ट गायकको पाँचमा पर्न सफल भएका छन् । त्यस्तै प्रल्हाद बोगटी, बीबी अनुरागी, महेश खड्का, रामचन्द्र भण्डारी, श्रीकृष्ण बममल्ल सर्वोत्कृष्ट संगीतकार सुगमसंगीतको पाँचभित्र पर्न सफल भएका छन् ।
त्यस्तै यसपटकबाट छायाँकार र सम्पादकको विधा पनि समावेश गरिएको छ भने सर्वोत्कृष्ट पाँच छायाँकारतर्फ हरि हुमागाईं, विदुर पाण्डे, मानकृष्ण श्रेष्ठ, उत्सव दाहालको प्रतिस्पर्धा रहेको छ भने सम्पादकतर्फ निशान घिमिरे, टेकेन्द्र शाह, प्रविन श्रेष्ठ, सुजन शाही रहेका छन् । त्यस्तै निर्देशक तर्फ भने निर्मल शर्मा, विधान कार्की, विशाल भण्डारी, सुरज श्रेष्ठ, समन अधिकारी सर्वोत्कृष्ट निर्देशकको पाँचभित्र पर्न सफल भएका छन् ।
सर्वोत्कृष्ट पाँचको मनोनयन यस प्रकार रहेको छ
१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत भोटिङ कोड
१. गौरव छ विजय सुनार 001
२. मेरै गाउँको राजुबाबु श्रेष्ठ 002
३. वीर नेपाली सुरेन्द्र महर्जन 003
४. हिमालको हिउँजस्तो पारसमणि बराल 004
५. हामी नेपाली मनिपाल राई 005
२. सर्वोत्कृष्ट पप गायन पुरुष
१. कमल खत्री तिमीमा डुबिसकेँ 006
२. महेन्द्र रायमाझी ठट्टा नगर 007
३. युसुफ लामा पलभरको होइन 008
४. वीपी वाग्ले आजभोलि 009
५. राजेश हमाल कट्दैन चिसो रात 010
३. सर्वोत्कृष्ट पप गायन महिला
१. आकांक्षा बस्याल सोह्र श्रृंगार 011
२. दुर्गा खरेल काले काले 012
३. पूजा गुरुङ तिमीमा डुबिसकेँ 013
४. रेनु मोक्तान मुटुको माझैमा 014
५. रेश्मा सुनुवार तिमीलाई हेर्ने 015
४. सर्वोत्कृष्ट पप संगीतकार
१. अर्जुन पोखरेल काले काले 016
२. कमल खत्री तिम्रै बारेमा 017
३. कल्याण सिंह तिमीलाई हेर्ने 018
४. विपिन आचार्य माया जिन्दावाद 019
५. शिखर सन्तोष सोह्र श्रृंगार 020
५. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरी
१. दुर्गेश थापा छुट्यो मायाजाल 021
२. महेन्द्र गौतम पिरतीको बन्धन 022
३. विजय थापा मूलको पानी 023
४. विनोद श्रेष्ठ पागलै बनुँला 024
५. सज्जन हमाल बाटो मोड्ने छैन 025
६.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरी
१. अन्जु निरौला पागलै बनुँला 026
२. पार्वती राई छलछल पानी 027
३. रञ्जिता गुरुङ पिरतीको बन्धन 028
४. रश्मी तामाङ आँपैको अचार 029
५. सुष्मा अधिकारी मायालु कहाँ छ 030
७.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
१. कपिल लामा आजभन्दा भोलि 031
२. प्रकाश भट्ट पिरतीको बन्धन 032
३. बब्बु थापा फूल्यो बाबरी 033
४. शंकर बिसी गुराँस फूल्ने 034
५. शंकर बिसी पसिना आरैछ 035
८.सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी
१. कुमारी गुरुङ सोल्टिनी 036
२. चन्द्रमान तामाङ मायालु कहाँ छौ 037
३. मन्जु विक मिठो बोलीले 038
४. मिरा गिरी खरबारीमा 039
५. मोहन खड्का आजभन्दा भोलि 040
९.सर्वोत्कृष्ट गायिका लोकदोहोरी
१. जुना श्रीष बाटो मोड्ने छैन 041
२. देवी घर्ती आँपैको अचार 042
३. मुना थापा पागलै बनुँला 043
४. सिता केसी छलछल पानी 044
५. शर्मिला गुरुङ हैन अरुको 045
१०.सर्वोत्कृष्ट गायक लोकदोहोरी
१. गणेश गुरुङ सल्ला धुपैले 046
२. बद्री पंगेनी खरबारीमा 047
३. विरही कार्की गुराँस फूल्ने 048
४. राजन ठकुरी बाटो मोड्ने छैन 049
५. राजु ढकाल आँपैको अचार 050
११.सर्वोत्कृष्ट शब्द रचना लोकदोहोरी
१. कहिले पुग्ला धन सुन्दर हमाल 051
२.गुराँस फूल्ने विरही कार्की 052
३. दुई दिनका लागि शिव हमाल 053
४. कोपिला छिनाल भगवानलाई दियो बाल्दानी 054
५.रमेश बिजी हैन अरुको 055
१२.सर्वोत्कृष्ट भाका लोकदोहोरी
१. अकबरी सुन अभय ढुंगेल 056
२. छुट्यो मायाजाल रमेश श्रेष्ठ 057
३. फूल्यो बाबरी बसन्त थापा 058
४. बदाम खाको सरोज लामिछाने 059
५. बाटो मोड्ने छैन राजन ठकुरी 060
१३. सर्वोत्कृष्ट लोकगीत
१. आफ्नो भाग्य आफैं सन्जय फ्राउन्फेल्डर 061
२. आमा–२ विरही कार्की 062
३. कति दिन बस्छौ सागर गुरुङ 063
४. रोधीघरको आँगन आर.के. गुरुङ 064
५. यस्तै छ कहानी परदेशीको प्रकाश सपुत 065
१४.सर्वोत्कृष्ट चलचित्र गीतकार
१. अर्जुन पोखरेल म यस्तो गीत (प्रेमगीत) 066
२. डा.कृष्णहरि बराल म त अलपत्र (प्रेमगीत) 067
३. डब्बु क्षेत्री म त देश लुटिएको (रिफ्यूजी) 068
४. दिनेश डिसी फूलैफूलको मौसम ( फूलैफूलको मौसम तिमीलाई) 069
५. रमेश बिजी भन्थ्यौ आमा (परदेशी) 070
१५.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
१. अन्जु पन्त म यस्तो गीत (प्रेमगीत) 071
२. अन्जु पन्त म त अलपत्र (प्रेमगीत) 072
३. उषा मगर भन्थ्यौ आमा (परदेशी) 073
४. जुनु रिजाल तिमी भन (भाग सानी भाग) 074
५. माण्डवी त्रिपाठी छमछमी पाउजुहरु (रामप्यारी) 075
१६.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
१. राजेशपायल राई फूलैफूलको मौसम (फूलैफूलको मौसम तिमीलाई) 076
२. रामचन्द्र काफ्ले तिमी भन (भाग सानी भाग 077
३. सुगम पोखरेल म यस्तो गीत (प्रेमगीत) 078
४.)स्वरुपराज आचार्य म त अलपत्र (प्रेमगीत) 079
५. युवराज चौलागाई हारे हारे (क्लासिक) 080
१७. सर्वोत्कृष्ट चलचित्र संगीतकार
१. अर्जुन पोखरेल म यस्तो गीत (प्रेमगीत) 081
२. चेतन सापकोटा तिमी भन (भाग सानी भाग) 082
३. वसन्त सापकोटा तिम्रो फिगर (अधकट्टी) 083
४. विकास चौधरी चलेछ बतास (चलेछ बतास सुस्तरी) 084
५. सुरेश अधिकारी फूलै फूलको (फूलै फूलको मौसम तिमीलाई) 085
१८. सर्वोत्कृष्ट गजल
१. आजभोलि माधव निर्दोष 086
२. किन रोप्नु प¥यो लोकराज अधिकारी 087
३. छाडेर जानेको मायाले तुलसी पराजुली 088
४. निदाएको थिएँ खेम रिजाल 089
५. मुग्लानतिर विमल गौतम 090
१९. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत
१. परशुराम रिजाल बरु मैं मरुँला 091
२. मुन्ना गुरुङ लाएको माया 092
३. विजु पण्डित सारा दिन 093
४. सञ्जीव पराजुली झिलमिल झिलमिल 094
५. सोना अमात्य किन आत्तिनु 095
२०. सर्वोत्कृष्ट युगल गायन
१. जिन्दगीको छहारीमा दुर्गा परियार/दिपक लिम्बू 096
२. ज्यान माया अन्जु पन्त/उत्तम थापा मगर 097
३. तिम्रो मौन इशारा विश्व नेपाली/सुजाता उपाध्याय 098
४. थाहा भए रामचन्द्र काफ्ले/जुनु रिजाल 099
५. सोचेभन्दा सुन्दर मनोजराज/अन्जु पन्त 100
२१. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत
१. उत्सव दाहाल जति छाल आए पनि 101
२. मानकृष्ण श्रेष्ठ लाएको माया 102
३. विदुर पाण्डे म र उनी 103
४. हरि हुमागाईं कोपिलामा सुन हुन्छ 104
५. हरि हुमागाईं त्यो छुट्ने दिन 105
२२. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत
१. टेकेन्द्र शाह जति छाल आए पनि 106
२. निशान घिमिरे त्यो छुट्ने रात 107
३. निशान घिमिरे कोपिलामा सुन हुन्छ 108
४.प्रविन श्रेष्ठ पृथ्वी पारी 109
५. सुजन शाही तिमी बिना 110
२३. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
१. निर्मल शर्मा म र उनी 111
२. विधान कार्की कोपिलामा सुन हुन्छ 112
३. विशाल भण्डारी त्यो छुट्ने दिन 113
४.समन अधिकारी यदि भगवान 114
५. सुरज श्रेष्ठ पृथ्वी पारी 115
२४.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
१. गम्भीर विष्ट ज्यान माया 116
२. जीवन भट्टराई बरु मैं मरुलाँ 117
३. निराजन प्रधान तिम्रो आफ्नो मान्छे 118
४.सनम कठायत तिम्रो संसार उज्यालो 119
५. सन्दिप शाही म र उनी 120
२५. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
१. वर्षा राउत ज्यान माया 121
२. वर्षा शिवाकोटी कोपिलामा सुन हुन्छ 122
३. रजनी केसी म र उनी 123
४.रिमा विश्वकर्मा पृथ्वी पारी 124
५. सुप्रिया कटवाल यदि भगवान 125
२६. सर्वोत्कृष्ट ध्वनि मुद्रण सुगम संगीत
१. किशोर थापा बरु मैं मरुलाँ 126
२. फिरोज बज्राचार्य बर्सियो आज 127
३. भोला पौडेल कोपिलामा सुन हुन्छ 128
४.साजन शाह तिम्रो आफ्नो मान्छे 129
५. श्यामश्वेत रसाइली निचोरेर मुटु दिएँ 130
२७. सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
१. गोपाल रसाइली निभाउन नआउनु आगो 131
२. वी.वी. अनुरागी भावी तिम्ले 132
३. विष्णु अधिकारी कोपिलामा सुन हुन्छ 133
४.बृद्ध सायमी जति छाल आए पनि 134
५. सुदिप सागर बलवान हुँ भन्थेँ 135
२८. सर्वोत्कृष्ट गीतकार सुगम संगीत
१. अनुप जोशी त्यो छुट्ने दिन 136
२. डा. नवि अधिकारी सोचेभन्दा सुन्दर 137
३. नृपध्वज खड्का बलवान हुँ भन्थेँ 138
४.पद्मा लिंखा मगर नियतिको छाल 139
५. लोकराज अधिकारी जे गर्दा नि 140
२९. सर्वोत्कृष्ट गायिका सुगम संगीत
१. काव्य आचार्य निचोरेर मुटु दिएँ 141
२. दुर्गा परियार ऐना हेरेरै 142
३. रजिना रिमाल लिँदैछु विदा 143
४.सहिमा बारबार 144
५. स्वरुपा रसाइली यो तन मन 145
३०. सर्वोत्कृष्ट गायक सुगम संगीत
१. प्रमोद खरेल ओइ झुमा 146
२. भविन ढुंगाना बर्सियो आज मन 147
३. मनोजराज बलवान हुँ भन्थेँ 148
४.रविन्द्र राई त्यो छुट्ने दिन 149
५. शिव परियार बिर्सनाको पाना 150
३१. सर्वोत्कृष्ट संगीतकार सुगम संगीत
१. प्रल्हाद बोगटी तिम्रो आफ्नो मान्छे 151
२. बी.बी. अनुरागी यो तन मन तिमीलाई 152
३. महेश खड्का ऐना हेरेरै 153
४.रामचन्द्र भण्डारी भावी तिम्ले 154
५. श्रीकृष्ण बममल्ल मैले त हाँसेर 155
३२. सर्वोत्कृष्ट एल्बम सुगम संगीत
१. नजर–२ पद्मा लिंखा मगर (विन्ध्यवासिनी म्यूजिक) 156
२. प्रभात प्रभात सुवेदी (सुरप्रभा गीतसंगीत) 157
३. पल्लवी नृपध्वज खड्का 158
४.स्वप्न बाटिका डा.नवि अधिकारी 159
५. होराइजन होम न्यौपाने (माइपोखरी म्यूजिक) 160
भोट हाल्नका लागि मोबाइलको एसएमएस बक्समा गई MKA <sapce> Code <send> 34243 मा सेन्ड गर्नुपर्नेछ ।