• यसपालीको तीजमा सिंगापुरको फरीया लर्काउँदै रितु

    म्यूजिक खबर
    प्रकाशित: १४ असार २०७४, बुधबार

    reetu-Kandelअसार १४, काठमाडौं । जेठ महिना लागेपछि नै तीज नजिकिएको आभाष हुन्छ । कोहि तीजे गीत रेकर्ड गर्नमा व्यस्त छन् त कोहि म्यूजिक भिडियो बनाउनमा । यस्तै गायिका रितु कँडेलको सुमधुर आवाज, लोकनाथ सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘मेरा त दाजै सिंगापुरे लाहुरे’ बोलको तीज गीतको सुटिङ सम्पन्न भएको छ ।

    Ritu kandel- alka subedi

    मेरा त दाजै सिङ्गापुरे लाहुरे
    सिङगापुरको फरीया लर्काउँदै
    नाचे छमछमी कम्मर मर्काउँदै
    दिनले खाकी बिहे नभाकी छमछमी नाचन जुनेली …
    आफू त बिहे नभएकी चेली,
    अब लाउछु नजरिया कर्काउँदै,
    नाच छमछमी कम्मर मर्काउँदै
    गायिका रितु कँडेलले यी शब्द भाका हाली गाउँदै नाच्दा साडी चोलोमा सजिएकी मोडल अल्का सुबेदी भने छमछमी नाचेकी छिन् ।

    reetu kandel

    केही दिनभित्रै सार्वजनिक गरिने तीज गीतको भिडियोलाई लिएर गायिका रितु निकै नै उत्साहित भएको बताउँछिन् । गीतको भिडियोको निर्देशन स्मृति तिमल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी हुन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा सुटिङ भएको उक्त गीत छिटै रिलिज हुने जानकारी रितुले दिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु