• रतन झ्याम्प हुँदा निरुलाई तनाव

    म्यूजिक खबर
    प्रकाशित: १० चैत्र २०७१, मंगलवार

    काठमाडौं । गायक रतन सुवेदी झ्याप्प भएपछि कलाकार निरु खड्कालाई तनाव भएको छ । यी गायक के ले चाहिँ झ्याप भएका हुन् भन्ने कुराले उनलाई तनाव बनाएको हो । लामो समयको अन्तरालपछि आएका यी गायक सुवेदी एकैचोटी झ्याम्प हुँदै फिल्डमा उत्रिएपछि निरुलाई त के अरुलाई पनि तनाव हुन्छ नै ।

    कुनै बेला चर्चामा रहेका गायक रतन सुवेदी पुनः स्रोताहरुका सामु नयाँ एवं फरक शैलीबाट उत्रिएका छन् ।  रतन सुवेदीको आवाजमा समावेश ‘तिमी पनि झ्याप, म पनि झ्याप’ बोलको गीत सार्वजनिक भएको छ । दिनेश डीसी प्रोडक्शनले निर्माण गरेको यो भिडियोलाई निर्देशक दिनेश डीसीले निर्देशन गरेका हुन् । मनकृष्ण महर्जनको छायांकनमा तयार भएको यो भिडियोमा निरु खड्का र माधव पण्डितले मोडलिङ गरेका छन् । भिडियोलाई निर्देशक डीसीले गीत अनुसार नै रोचक बनाएका छन् । भिडियोमा सुवास राई र किरात बिन्द्राको कोरियोग्राफी रहेको छ । लामो समय अमेरिकाको बसाईपछि नेपाल आएका गायक रतन सुवेदीले झ्याम्प बोलको गीतबाट स्रोतालाई पनि झ्याम्प बनाएका छन् ।

    timi-pani

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु