• रहेनन् गायक रुवि जोशी

    म्यूजिक खबर
    प्रकाशित: १० मंसिर २०७३, शुक्रबार

    सितलु माथि नि सितलु भयो नि लौ लौ लौ बरैको छायाँले, जोशीले तिम्रो पनि माया लाग्छ, मैले जस्तै तिमीले पनि माया दिएर हेर, जिन्दगानी उकाली ओराली रैछ, एकान्त रातबीचमा जस्ता गीतका गायक रुवि जोशीको निधन भएको छ । उनको मृगौलाको समस्याका कारण मृत्यु भएको बताइएको छ । मृगौला पीडित जोशीको ७३ वर्षको उमेरमा निधन भएको हो । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

    rubi-joshi
    जोशीको निधनपछि नेपाली गीतसंगीतका हस्तीहरुले सामाजिक सञ्जालमा श्रद्धान्जली अर्पण गर्दै जोशीका सांगीतिक पाटोको स्मरण गरेका छन् । जोशीको मृत आत्माले चिर शान्ति पाओस् म्यूजिक खबर डटकम हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु