• राइफल बोक्ने बोहोराको माया बोकेको दोहोरी

    म्यूजिक खबर
    प्रकाशित: ५ असार २०७५, मंगलवार

    ५ असार, काठमाडौं । वम र वारूदसंगै लुकामारी गर्दे राईफल लाई संगीन बनाई नेपाली गित संगीतमा होमिएका सर्जक नरेश वोहराको लोक दोहोरी गीत तिमी विना यो संसार बजारमा आएको छ । बागलुङ जिल्लाको रायडाडामा जन्मि विगत ८ बर्ष देखि भारतीय सेनामा रहेका वोहराले दर्जानौं गीतहरू बजारमा ल्याई सकेका छन । मिलनसार र मेहनती समेत रहेका सर्जक वोहराको सृजनमा रहेका गीतहरू म्युजिक अवार्डमा परि सकेका पनि छन् ।

    तिम्रै नाममा मुटु र धडकन
    तर मलाई न पारे तडपन
    तिमी बिना यो सन्सार शन्यू लाग्छ कान्छू
    तिम्रो लागि जन्मेको मान्छे म सगै मरम भनेनी मान्छु
    ……………….
    सबथोक तिमिलाई रोजि छु म त तिम्रै मायाको भोगी छु, लैजाउ लैजाउ जहाँ जान्छौ म पनि तेहि जान्छु जान्छु तिम्रो लागि जन्मेको मान्छे सगै मरम भनेनी मान्छु

    …………….
    यसरी माया प्रेमको एक अन्तरंग लाई समेटी तयार पारीएको यश गित
    एआर क्रियशनको पस्तुतिमा बजारमा सार्वजानिक भएको छ । सर्जक नरेश वोहराको शब्द लय सुर्य खडका र सीता परियारको आवज रहेको यस गीतमा ज्ञानु भाइ र नानू देवकोटाको मुख्य भुमिका रहेको छ । अमृत सापकोटाको निर्देशन छाँयाङ्कन र सम्पादन अमृत चापागाईंको रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु