• राजुले ल्याए पुर्बेली मारुनी भाकामा ‘जोर मादल बज्यो’

    म्यूजिक खवर
    प्रकाशित: ११ भाद्र २०७४, आईतवार

    भाद्र ११, काठमाडौं । पुर्बेली टिपिकल गीत गाएर चर्चामा आएका गायक राजु ढुंगेलले पुर्बेली मारुनी भाका लिएर आएका छन् । सुपारी जाईको माला, सालीभेना, अकबरी सुन जस्ता चर्चित एबं टिपिकल गीतका संकलनकर्ता अभय ढुंगेलको संकलनमा तयार भएको गीत जोर मादल बज्योमा गायक राजु ढुंगेललाई अहिलेकी चर्चित गायिका मेलिना राईली साथ दिएकी छिन् । शब्द संकलनमा गायक संगीतकार डि आर अटुले साथ दिएका छन् । गीतलाई संगीतकार शिला बहादुर मोक्तानले संगीत संयोजन गरेका हुन् ।

    नृत्य निर्देशक यम गुरुङले यस् गीतको म्युजिक भिडियो निर्देशन गरेका छन् । भिडियोमा पछील्लो समय लोक म्युजिक भिडियो निर्देशनमा अब्बल मानिएका निर्देशक प्रकाश भट्ट आँफैले मोडेल रिना थापा सँग अनस्क्रिन रोमान्स गरेका छन् । करण चैसिरको छायांकन रहेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् । भिडियो तथा गीतलाई हाईलाईट नेपालले युट्युब मार्फत सार्वजनिक गरेको छ भने बजार ब्याबस्थापनको पनि जिम्मा लिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु