• राजेशले प्रेमिका मधु समक्ष भ्वाइलिनको मधुरो आवाजका साथमा प्रेमप्रस्ताव राखे

    म्यूजिक खबर
    प्रकाशित: १ जेष्ठ २०७१, बिहीबार

    काठमाडौं, १ जेठ। राजेश हमालको विवाह धेरै चर्चा, गसिपको र जिज्ञासाको विषय बन्दै आएको थियो। राजेशले आफ्नी प्रेमिका सार्वजनिक गरेपछि धेरैको जिज्ञासा शान्त भएको छ। राजेशले बुधबार आफ्नी प्रेमिका मधु भट्टराईलाई सञ्‍चारकर्मीमाझ सार्वजनिक गर्दै प्रेमप्रस्तावसमेत राखे। लाजिम्पाटस्थित शंकर होटेलको वन आइड हलमा राजेशले मधुलाई सञ्‍चारकर्मीमाझ चिनाएका हुन्। बलिरहेका मैनबत्ती, रित्तिन लागेको वाइनको ग्लास, फूलदानीमा केही फूलहरूका साथमा राजेशका बाबुआमा चूडाबहादुर हमाल र रेणु हमालको फोटो टेबलमा थियो।सञ्‍चारकर्मी हलभित्र प्रवेश गरेपछि राजेशले मोबाइलमा आफ्नी आमाको फोटो देखाउँदै भने, ‘आमाको यो सानो चिनो उहाँलाई लगाइदिन्छु।’आफ्नी आमाको नेकलेस देखाउँदै उनले मायाको चिनोको रूपमा आफ्नी प्रेमिकालाई पहिर्‍याइदिए।

    राजेशले नेकलेस लगाइदिँदा केही अल्मलिएका थिए। ‘लगाइरहने बानी भए पो आउँथ्यो’, उनले फेरि ठट्टा गरे। नेकलेस लगाइदिपछि गुलाफको फूलको गुच्छा दिएर प्रेमप्रस्ताव राखे।
    राजेशले मधुसँग नौ वर्षअघिदेखि आफ्नो चिनजान रहेको खुलाए। ‘हाम्रो लामो सम्बन्ध छ, हामी बिस्तारै नजिकिएका हौं’, उनले भने, ‘एकआपसमा चिन्दै जाँदा अहिलेको अवस्थासम्म आइपुगियो।’ उनले आफ्नो जीवनको यो महत्त्वपूर्ण र व्यक्तिगत निर्णय भएको पनि बताए। नौ वर्षअघि मे २८ तारिखमा राजधानीको हायात होटेलमा मधुसँग पहिलो भेट भएको उनले सुनाए। ‘पहिले मैले उहाँलाई कार्ड दिएको थिएँ, फोन चाहिँ पहिलो पटक उहाँले नै गर्नुभयो’, आफूहरूको प्रेम जीवनको प्रारम्भिक समय सम्झिँदै उनले भने।
    ‘विवाह गर्न किन ढिला त?’ उपस्थितको जिज्ञासामा राजेशले मधुलाई सोधे, ‘ढिलो भयो र?’ अनि फेरि भने, ‘राजेश हमाल पनि कहिले बूढो हुन्छ र?’ भावी जीवनसाथी सार्वजनिक गरे पनि विवाहको औपचारिक मिति भने राजेशले सार्वजनिक गरेनन्। ‘केही दिनमा अमेरिकाबाट मेरो दिदीबहिनीहरू आउनुहुन्छ त्यसपछि विवाहको मिति तय हुन्छ’, उनले भने, ‘हिन्दू परम्पराअनुसार गरिने क्रियाकलापको साथ तामझामबिना विवाह हुन्छ।’ तर आफ्ना रगतका नातागोतालाई सहभागी गराएर जेठ १४ गते रिसेप्सन आयोजना गरिने पनि उनले बताए।

    rajesh111

     

    rajesh11

     

    rajesh hamal

     

    rajesh 1

     

    rajesh h

     

     

     

     

     

     

     

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु