• रामकृष्ण ढकालले सौन्दर्यको सिमा नाघेकी श्रीमतीको प्रशंषा गरेको भिडियो सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ४ फाल्गुन २०७३, बुधबार

    फागुन ४, काठमाडौं, । गायक रामकृष्ण ढकालले प्रेम दिवसलाई लक्षित गरेर सौन्दर्यको सिमाना नाघेकी, प्रकृतिलाई पनि चुनौती दिने श्रीमतीको युवतीको गुणगाण गरेका छन् । उनले ‘श्रृङ्गारलाई पनि लाज लाग्ने, मदिरालाई मात लाग्ने ! फूलले बास्ना सापटी माग्ने, चन्दनले छुँदा दाग लाग्ने ! यस्तो को हो तिमी, यस्तो को हौ तिमी’ !!! भन्दै श्रीमती निलम ढकालको प्रशंषा गरेका छन् । विश्वका प्रेमील जोडीहरुका लागि महान दिन भ्यालेन्टाइनको विशेष अवसर पारेर विशिष्ट कलाकारहरु लगायत पत्रकारहरुलाई साक्षी राख्दै उनले श्रीमती निलमलाई रातो गुलाफको फूल दिंदै ‘आई लभ यू’ भनेर सबैलाई रोमान्चित बनाएका थिए ।

    ramkrishna

    प्रसंग हो नयाँ, रामकृष्णको नयाँ म्यूजिक भिडियोको । भ्यालेन्टाइन्स डेमा समर्पित भन्दै ढकालले नयाँ म्युजिक भिडियो प्रिमियर गरेका छन् । केएल टावरको एफक्यूबमा आयोजित कार्यक्रममा ‘यस्तो को हौ तिमी…’ बोलको गीत निकालेका उनले प्रिमियर समारोहमै श्रीमती निलमलाई गुलाफको फूल थमाएका हुन् । भिडियोमा निलमले नै अभिनय गरेकी छन् भने उनलाई मञ्चिन शाक्यले साथ दिएका छन् । कालिञ्चोकको हिउँमा खिचिएको भिडियोलाई निकेश खडकाले निर्देशन गरेका हुन् । गीतमा दावा गुरुङको संगीत र मनीष वशिष्ठका शब्द छन् । सुमित विश्वकर्माले संगीत संयोजन गरेको गीतलाई मंगलबार नै युट्युबमा पनि पोस्ट गरिएको छ । गायक ढकालले भ्यालेन्टाइन्स डेलाई नै लक्ष्य गरेर गीत निकालेको बताए । कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटाले उनको स्वरको प्रशंसा गर्दै स्वररत्नको उपाधि दिए । हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु