• रुचाइयो टिकाको ‘माया लुकी लुकी’ ! १० दिनमा १० लाख बढी भ्युज !

    म्यूजिक खबर
    प्रकाशित: १ असार २०७५, शुक्रबार

    असार १, काठमाडौं ।  चर्चित गायिका टिका प्रसाईको नयाँ गीत ‘माया लुकी लुकी’लाई दर्शक श्रोताले रुचाइदिएका छन् । ज्येष्ठ २४ गते युट्युवमा अपलोड गरिएको गीतलाई यो समाचार तयार पार्दाको समयमा दश लाख बढी भ्युज मिलेको छ ।

    युट्युबमा २१ सय भन्दा बढी प्रतिक्रिया आएका छन् भने ४२ हजार बढीले लाइक गरेका छन् । भ्युज, कमेन्ट र लाइक बटन सबै अनुसार पनि भन्न सकिन्छ कि टिकाको स्वर र कार्टून क्रिउको डान्सलाई सबैले रुचाएका छन् ।

    लोकप्रियताको बाटोमा उक्लिरहेको ‘माया लुकी लुकी’ गीतमा आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ । गीतको भिडियोमा ‘द कार्टून क्रिउ’को डान्स रहेको छ ।

    सरोज अधिकारीको निर्देशनमा बनेको भिडियो प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । यसअघि टिका प्रसाई र संजीब पराजुली गाएको ‘नाई मलाई थाहा छैन’ बोलको गीत २ करोड भन्दा धेरैपटक पटक युट्युबमा हेरिएको छ ।

    भिडियो हेर्नुहोस्ः

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु