• रोजिनाको पप गीत ‘क्यूटी मैयाँ’सार्वजनिक (भिडियो)!

    म्यूजिक खबर
    प्रकाशित: ६ पुष २०७४, बिहीबार

    पुष ६, काठमाडौं । गायिका रोजिना गुरुङ नयाँ पप गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । क्यूटी मैयाँ शीर्षकको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको हो । रोशन थापाको संगीत निर्देशनको उक्त गीतका शब्दहरु विद्याराज शिवाकोटीले रचना गरेका हुन् । किरण तुलाधरले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

    गायिका गुरुङ तथा मोडल आमिर शेखले अभिनय तथा नृत्य गरेको उक्त गीतको म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरीको कोरियोग्रँफी छ । मोहन राज अधिकारीद्वारा निर्देशित म्युजिक भिडियोलाई शिवराम श्रेष्ठले छायांकन गरेका हुन् ।

    भिडियोलाई लोकेश बज्राचार्यको भिएफएक्स तथा सम्पादन गरेका हुन् । पार्टी थिममा आधारित उक्त गीतको भिडियोलाई पनि पार्टी थिममै आधारित बनाइएको छ । गीतमा गायिका गुरुङले आकर्षक नृत्य समेत गरेकी छिन् ।

    यस्तो छ क्यूटी मैयाँको म्युजिक भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु