• रोजीको नयन सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ११ श्रावण २०७१, आईतवार

    काठमाडौं, १२ साउन । गीतकार रोजी लाबुङ राईको नया“ एल्बम ‘नयन’को सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यता नयनलाई सार्वजनिक गरिएको हो । युकेमा बसोबास गर्ने रोजी लाबुङले एल्बमको नामकरण आफ्ना श्रीमान नयन लाबुङको नामबाट गरेकी हुन् । विमोचन समारोहमा गीतकार लाबुङको उपस्थिति नरहेता पनि समारोहमा विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वको उपस्थिति रहेको थियो ।
    ताराप्रकाश लिम्बु, बसन्त सापकोटा, खगेन्द्र लिम्बु र सुमन सरगमको संगीतमा स्वरुपराज आचार्य, मिलन अमात्य, रजिना रिमाल, मेलिना राई, साज सिंह, सुमन सरगम, प्रल्हाद तिमल्सिनाले एल्बमका गीतहरुमा स्वर दिएका छन् । एल्बमको बजार ब्यबस्थापन ओपेरा टीयुन्सले गरेको छ ।
    आठ ओटा गीत समावेश गरिएको एल्बमका गीतलाई प्राज्ञ डा.कृष्णहरी बरालले एल्बमको समीक्षा गरेका थिए । बसन्त सापकोटा, तारा प्रकाश लिम्बु, खगेन्द्र लिम्बु र सुमन सरगमको संगीत रहेका गीतहरुमा स्वरुपराज आचार्य, रजिना रिमाल, साज सिंह, मेलिना राई, मिलन अमात्य, सुदिप खालिङ र प्रलाद तिमिल्सिना समेत स्वर रहेको छ । प्रेम, समर्पण र पीडा गीतका माध्यमबाट बाहिर ल्याउने प्रयास गर्नुभएकोमा प्रमुख अथिति तथा समिक्षक डा.कृष्णहरी बरालले गीतकार रोजी लाबुङ राईको प्रसंसा गरेका थिए । एल्बम बारे प्रतिकृया दिदै संगीतकार तारा प्रकाश लिम्बुले एल्बममा समाबेश सबै गीत उत्कृष्ट रहेको रहेको बताउँदै गायिका मेलिना राईको आवाजमा रहेको गीत अंगालोमा बोलको गीतबाट आफु उत्साहित रहेको बताए ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु