• लेंगा नै उचालेर के गर्न खोजेको ?

    म्यूजिक खबर
    प्रकाशित: ८ मंसिर २०७२, मंगलवार

    आजभोलिका केटाकेटी भेट हुन पाको छैन कि झगडा सुरु हुन्छ कि रोमान्स । कहिलेकाहिँ झगडाले तगडा नै बनाउला तर रमाइलो गर्दागर्दै कहिलेकाहीँ हेर्नै नसक्ने रमाइलो पनि होला । अनामनगरको सिंहदरबार पूर्वी गेटको भित्रपट्टि रहेको मन्दिर परिसरमा एक जोडीले लेंगा उचालेर गर्नुसम्म रमाइलो गरे । त्यो दृश्य हेर्दा साधरण देखिए पनि वास्तविक दृश्यले हेर्नेलाई भने लाजैमर्दो बनायो । गिफ्ट पनि चोकचोकमा, बगैंचामा लगेर बाँड्दा होस पु¥याउनु पर्ने नि ।
    तर यो लेंगा उचालेको दृश्य वास्तविकतामा म्यूजिक भिडियोको दृश्यमा थियो । पत्रकार एबं चर्चित गीतकार लोकराज अधिकारी अब निर्देशकका रुपमा पनि देखा परेका छन । अधिकारीले केहि दिन अघि शिव परियारले गाएको ‘जस्लाई मैले जीवन सम्झे उहि टाढा भई आज’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेर भिडियो निर्देशकको परिचय थपेका हुन । संजय आचार्यको शब्द र गोविन्द मधुर आचार्यको संगीत रहेको यो गीतलाई अजय रेग्मीले खिचेका हुन । अर्जुन पोख्रेलले सम्पादन गरि रहेको भिडियो एकसाता भित्रै सार्बजनिक गरिने निर्देशक अधिकारीले बताएका छन् ।

    vlcsnap-2015-11-24-11h26m44s178
    भिडियोमा संजय आचार्य र रचना थापाको अभिनय रहेको छ । अधिकारीले यस अघि नाटक एबं ठुलो तथा सानो पर्दाको अभिनयको अनुभव संगाले पनि आफू संग म्यूजिक भिडियो निर्देशनको अनुभव नभएको र यो नै पहिलो निर्देशन भएको जानकारी दिएका छन् ।
    अधिकारीले खुलेरै भने मसँग म्युजिक भिडियो निर्देशनको अनुभव छैन तर मैले मेरो सृजनात्मक क्षमता लाई उतार्ने कोशिस गरेको छु । भिडियो सार्वजनिक भए पछि आउने प्रतिकृया पछि अरु भिडियो निर्देशन गर्ने नगर्ने बारे सोंच्ने छु । अहिले लाई यति भन्न सक्छु अब्बल हैन औषत भिडियो बनाएको छु । दर्शकले रुचाउनु हुुने छ । अनामनगर, यूएन पार्क, सामाखुसी लगाएतका स्थानमा छायांकङन गरिएको भिडियो सरगरम सञ्चार नेपाल प्राली मार्फत बजारमा आउने छ । यो गीत रचना एल्वममा संग्रहित छ ।

    lokraj adhikari

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु