• लोकगायक सरोज गोपालको निधन । शून्य भो देउराली

    म्यूजिक खबर
    प्रकाशित: २९ श्रावण २०७१, बिहीबार

    पोखरा, २९ साउन । लोकगायक सरोज गोपालको आज विहान ६५ वर्षको उमेरमा निधन भएको छ । पोखरा १ बगरस्थित आफ्नै निवासमा उनको सुतेको अवस्थामा मृत्यु भएको हो । बुधबार बेलुका परिवारका सदस्यसँग खानपिन गरेर सुतेका गायक सरोज गोपाल बज्राचार्यको विहीबार विहान ८ बजेसम्म नउठेपछि उनकी छोरी उठाउन जाँदा उनलाई मृत अवस्थामा भेटेकी थिइन् । बुबा नउठेपछि छोरीले चिकित्सक बोलाएर ल्याए पनि बज्राचार्यको राती नै निधन भइसकेको चिकित्सकले बताएका थिए । बुधबार बेलुकासम्म टोलको मिटिङमा बसेका सरोज गोपाल लामो समयदेखि मधुमेह र उच्च रक्तचापका विरामी थिए ।
    गायक सरोज गोपालले गाएका कालजयी गीतहरु देउराली उकाली चढेर, नक्कलीलाई भगाइ लग्यो झिल्केले, मायालुको मोहनी बोलीजस्ता दर्जनांै छन् । उनका गीतहरुले लोकगायनको क्षेत्रमा ठूलो योगदान पु¥याएका उनका नजिकका मित्र कवि तीर्थ श्रेष्ठले जानकारी दिएका छन् । उनका निधनले देउराली नै शून्य बनाएको छ । विशेषत लोकगीतमा राम्रो दख्खल भएका सरोज गोपाल बज्राचार्यले लामोसमयसम्म पोखरास्थित रेडियो नेपालको क्षेत्रीय प्रसारणमा काम गरेका थिए भने पछिल्लो समयमा माछापुच्छ«े एफएममा पनि कार्यरत रहेका थिए ।

    [youtube]https://www.youtube.com/watch?v=7NIdTUdFlpw[/youtube]

    [youtube]https://www.youtube.com/watch?v=UyZaffvYylc[/youtube]

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु