• लोकदोहोरी छाड्दिनँ : परियार

    म्यूजिक खबर
    प्रकाशित: १३ भाद्र २०७२, आईतवार

    काठमाडौं । गायक विमल परियार युवपुस्तामा राम्रो प्रतिभा बोकेका व्यक्तिको रुपमा चिनिन्छन् । घान्द्रुक ५ क्याँगोथर कास्कीमा जन्मिएका गायक परियारको सानैदेखिको शोख भनेकै गीतसंगीत थियो । त्यही रहरको पछि लाग्दालाग्दै विमल परियार आज एउटा प्रतिभाशाली गायकका रुपमा देखिएका छन् । विगत तीन वर्षदेखि निरन्तर गायनमा लागेका विमलले करिब एक दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेका छन् भने थुप्रै गीति सिर्जना पनि गरिसकेका छन् ।

    bimal pariyar-2
    ‘के गर्दैछौ अहिले’ बोलको लोकदोहोरी गीतबाट गायनयात्रा सुरु गरेका गायक विमललाई चर्चाको शिखरमा पु¥याउने गीत भने ‘म बस्ने मुटुमा’ थियो । त्यस्तै उनको स्वरमा रहेका घाइते मुटु, घान्द्रुक घुम्न जाऔं, गराँसै फुल्यो सालैजो, दिलको कुरा, मादलको तालैमा, भेट्ने आशा पनि म¥यो जस्ता गीतले पनि उनको गायन यात्रालाई उचाइमा पु¥याइदियो । बरु भोकै बस्छु तर लोकदोहोरी छाड्दिनँ गायक विमलले भने मेरो कला संस्कृतिभन्दा ठूलो अरु केही होइन ।

    bimal pariyar-1
    आफ्नो पूर्ण जीवन लोकदोहोरीमै समर्पित गर्ने उद्देश्य बोकेका विमल यतिबेला भने जापानमा हुने सांस्कृतिक कार्यक्रमका लागि सहभागी हुने जाने तयारीमा छन् । नयाँ गीतहरु रेकर्डको तयारी गरिरहेका विमलको अन्तिम विकल्प भनेकै लोकदोहोरीमा समर्पित भई लोककला संस्कृतिको क्षेत्रमा निरन्तरता दिने नै हो । राम्रोसँग आफूले जानेको क्षेत्रमा लगनशील भएर लाग्यो भने कुनै पनि नागरिकलाई खाडी जानु पर्ने स्थिति आउँदै भन्ने गायक विमल आफूलाई यो ठाउँसम्म ल्याउन धेरैको हात रहेको बताउँछन् । युक्तमान गुरुङ, गुरुङ कान्छी, बुद्धि तमु, दुधराज गुरुङ, हरि गुरुङ गंगाराम परियार, घान्द्रुक बासीको मायाले नै मैले लोक गायक बन्ने अवसर पाएको हुँ, गायक विमलले भने – ‘यस क्षेत्रमा लागिसकेपछि विशेष सल्लाह सुझाव भने गायक प्रकाश सपुतले नै दिनुभएको छ ।’ अहिले गीतसंगीतको क्षेत्रमा कमाई छैन, लगानी गरेको फिर्ता हुने अवस्था छैन तर पनि गायक विमल भने यसै क्षेत्रबाट आफ्नो जीविकोपार्जन हुनेमा ढुक्क छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु