• वरिष्ठ गायक रमेश ताम्राकार रहेनन् ! दाहसँस्कार भोलि हुने !

    म्यूजिक खबर
    प्रकाशित: १२ माघ २०७४, शुक्रबार

    माघ १२, काठमाडौं । प्रसिद्ध गायक तथा संगीतकार रमेश ताम्राकारको हृद्यघातबाट हिजो बिहीबार बेलुकी निधन भएको छ । बिहीबार बेलुकी अचानक छाती दुखेको शिकायत गरेपछि उहाँलाई बल्खुस्थित वयोधा हस्पिटल लगेपनि चिकित्सकहरुले अस्पताल पुग्नु अघि नै उहाँको निधनभइसकेको जानकारी गराएका थिए ।

    मधुमेहबाट पीडित ताम्राकार साँस्कृतिक संस्थानका दोस्रो महाप्रवन्धक हुनुहुन्थो । उहाँ पछि मात्र स्वर्गीय नारायण गोपाल साँस्कृतिक संस्थानको महाप्रवन्धक नियुक्ति हुनु भएको थियो ।

    गायिकातारा थापासँगगाउनु भएको यादै यादमाअल्झियो‘, गायिका ज्ञानु राणासँग गाउनु भएको हीरा के हो चिन्नलाई‘, ईशारा जोडिदियौ तिमी‘ जस्ता कालजायी गीतका गायक ताम्राकारले दर्जनौं लोकप्रिय नेवारी गीतहरुसमेत गाउनु भएको छ । उहाँले धेरै नेपाली र नेवारी गीतहरुमाआफै संगीतसमेत दिनु भएको छ । गायक ताम्राकार यसैवर्ष नातिकाजी राष्ट्रिय संगीतबाट समेत सम्मानितहुनुभएको थियो ।

    काठमाडौँमा जन्मनु भएका ताम्राकारकी धर्मपत्नी काम विशेषले हाल नयाँदिल्लीमा हुनु भएको र छोरो सगुन ताम्राकार पनि अमेरिकामा रहेकाले उहाँहरु काठमाडौं आइपुगेपछि मात्र उहाँको दाह सँस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । करिव ६८ वर्षीय ताम्राकारको शबलाई अहिले शिक्षण अस्पताल महाराजगंजमा राखिने थाहा भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु