• विन्दुले गाइन् सबैलाई रुवाउने गीत ‘आमा’ ! हेर्नुहोस् लिरिकल भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: ९ फाल्गुन २०७४, बुधबार

    फागुन ९, काठमाडौं । जादुमयी स्वरकी धनि गायिका विन्दु परियारले आमा सम्झाउँने, आमाको काखको महत्व र ममत्वको व्याख्या गरिएको अति नै मार्मिक गीत ‘आमा’ सार्वजकि भएको छ ।

    गीतकार पुष्पा खनालको रचना रहेको मैले पूज्ने देव तिमी बोलको गीतलाई खनालले आफ्नी आमा दमन्ता खनालको स्वर्गारोहण भएको दिन पारेर माघ २६ गते गीत सार्बजनिक गरेकी हुन् ।

    संगीतकार लक्ष्मण शेषको संगीत र बिन्दु परियारको स्वर रहेको गीतमा ओम सुनारको संगीत संयोजन रहेको छ । मञ्जुश्री स्टुडियो रेकर्ड गरिएको गीत संगीत गर्दा आफ्नी आमालाई संझेर रोएको संगीतकार शेषले बताए । उनले यो गीतमा फिल नै त्यस्तो पाएको र आँखा रसाएको बताए ।

    आमा साथैमा भएपनि यो गीत गाउँदा आमा नहुँदाको पीडा कस्तो हुन्छ भन्ने कुराले आफूलाई छोएको गायिका विन्दु परियारले बताइन् ।

    यो गीत फर्सी नेटवर्कको युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

    हेर्नुहोस् आमा गीत:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु