• विन्ध्यवासिनी संगीत साँझ हुने । शम्भूजितलाई संगीतकर्मी सम्मान

    म्यूजिक खबर
    प्रकाशित: ६ भाद्र २०७१, शुक्रबार

    काठमाडौं, ६ फागुन । विन्ध्यवासिनी फाउन्डेसनले आगामी असोज १ गते संगीत साँझको आयोजना गर्ने भएको छ । विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा हुने ‘विन्ध्यवासिनी सम्मान एवं संगीत साँझ’का अवसर वरिष्ठ संगीतकार शम्भूजित बास्कोटालाई सम्मान गरिने भएको हो । गीतसंगीतको विकास, सम्बद्र्धन एवं प्रबद्र्धनमा जुट्दै संगीतकर्मीको सम्मानमा जुटिरहेको विन्ध्यवासिनी फाउन्डेसनले लामोसमयसम्म संगीतको क्षेत्रमा लागिपरेका स्रष्टाहरुलाई सम्मान गर्ने क्रममा यस वर्ष लामो समयदेखि नेपाली गीतसंगीतको विकास, संरक्षण, सम्बद्र्धन एवं प्रबद्र्धनमा लागिपरेका संगीतकार शम्भूजित बास्कोटालाई नगद राशि ५० हजार रुपैयाँसहित सम्मान गर्न लागेको हो । उक्त अवसरमा फाउन्डेसनले १० जना पत्रकारहरुलाई कला पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । संचारकर्ममा क्रियाशील रही नेपाली गीतसंगीतको क्षेत्रमा हक अधिकारका पक्षमा वकालत गर्ने पत्रकारहरुलाई कला पत्रकारिता सम्मानबाट सम्मानित गर्न लागिएको फाउन्डेसनले जानकारी गराएको छ । त्यसैगरी सोही अवसरमा विन्ध्यवासिनी फाउन्डेसनका आजीवन सदस्यहरुलाई पनि सम्मान गरिने भएको छ । फाउन्डेशनमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, कपिल लामा, विमल डाँगी, गणेश चौलागाई, अन्जु निरौला, सुगम पोखरेल, बादल प्रसाई, दुर्गेश थापा, राजेश घिमिरे लगायतका दर्जनौं कलाकर्मी एवं समाजसेवीहरु आजीवन सदस्यका रुपमा आबद्ध रहेका छन् ।

    10522610_761366313906482_5456518713027717073_n

    त्यस्तै सोही अवसरमा विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिने भएको छ । विन्ध्यवासिनी म्यूजिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको म्यूजिक अवार्डको यस वर्षको संस्करणको उत्कृष्ट पाँचमा पर्न सफल कलाकार, स्रष्टा एवं सिर्जनाको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिने भएको आयोजक संस्थाका अध्यक्ष सुवास रेग्मीले जानकारी दिएका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु