• विराटनगरमा खड्काको होली सरर

    म्यूजिक खबर
    प्रकाशित: २९ फाल्गुन २०७३, आईतवार

    विराटनगर, २९ फागुन । गायक सुमित खड्का स्वर र संगीत रहेको होलीको गीति एल्वम विराटनगरमा बिमोचन भएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी मोरङको प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले खड्काको ‘होली सरर’ गीत एल्वम सार्वजनिक गरेका हुन् । एल्वमको विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी कोइरालाले एकआपसमा सदभावको पर्वका रुपमा होलीलाई मनाउनु पर्नेमा जोड दिए ।

     

    sumit khadka
    होलीलाई एकता र सद्भावको रुपमा मनाउन गायक खड्काले एल्वममा विशेष रुपमा समावेश गरेको बताए । दुई वटा गीतको म्यूजिक भिडियो समेत बनिसकेको होली सरर एल्बमले नेपालीहरुको रंगीन चाडलाई पूर्णता दिन महत्वपूर्ण भूमिका खेल्ने खड्काले बताए ।

    एल्वमको गीतकारहरु नवराज सुब्वा, दिपनारायण राजवंशी, सुनिता घिमिरे, पूजा मारिया रहेका छन् । सबैभन्दा बढी नेपाली होलीको गीत गाउने गायकको रुपमा परिचित खड्काले प्रत्येक वर्षको होलीमा नयाँ गीतहरु बजार ल्याउँदै आएका छन् । यस एल्वमको प्रस्तुतकर्ता पुष्प कुमार थापा रहरेका छन् । म्यूजिक भिडियो निर्देशन मणि दाहाल, प्रतिक श्रेष्ठ, बिनोद पुडासैनीले गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु