• वीरबलको माया लेकाली

    म्यूजिक खबर
    प्रकाशित: ८ चैत्र २०७३, मंगलवार

    चैत ८, काठमाण्डौ । लोकदोहोरी गायक वीरबल ढकालको पछिल्लो गीतिसंग्रह माया लेकाली सार्वजनिक भएको छ । जन्मिएको ठाउँ गोर्खा जिल्लाको मान्वु वरिपरिको मनोरम दृश्यले सधैंभरि गायक ढकालको मनमा जरो गाडेको छ । आफ्नै गाउँ र ठाउँको मौलिकतासँगै गायक ढकालले गीतलाई प्रस्तुत गरेका छन् । गोर्खा मान्वुको लेकाली ठिटो र शहरबाट गाउँतिर गएकी एउटी सुन्दरीभित्रको कथामा मायाप्रेम बुनेका छन् बीरबलले । मौलिकता पस्कने क्रममा ढकालले लयलाई पनि गाउँ परिवेश अनुसार मिलाएका छन् ।

    maya lekali_birbal dhakal
    त्यस्तै शब्दलेखनमा पनि भर्खरै लोकदोहोरी रनिङ शिल्ड चुमेका रविन लामिछाने र गायक ढकालले लेकालीको माया कस्तो हुन्छ भनेर प्रस्तुत गरेका छन् । लामिछानेकै थेगो रहेको यस गीतलाई शितल म्यूजिकले बजार व्यवस्थापन गरेको छ । म्यूजिक भिडियोलाई भने रसुवाको हिमाली दृश्यको लेकलाई कैद गरिएको छ । दुर्गा पौडेलको छायाँकन र निर्देशन रहेको यस गीतलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन् । भिडियोमा सुनिल लामिछाने, मेलिना ठकुरी, आइत र कान्छिओको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु