• शंकाको घेराभित्र सविन र झरना

    म्यूजिक खबर
    प्रकाशित: १४ मंसिर २०७०, शुक्रबार

    काठमाडौं । आँखमा कसिङगर परेको बेला अफिसको स्टाफले झरनाको आँखको कसिङ्गर फ्याँकिदिएपछि शंका उत्पन्न भएको सविन र झरनालाई शंकै शंकाको घेराभित्र बस्नुपर्ने बाध्यता छ । के गर्नु प्रेम गरेर पनि नहुने नगरे पनि नहुने कसलाई कसको भर शंका नै शंकाभित्र प्रेम रुमलिएको छ सविन र झरनाको । मंसिरमा पनि पानी परेछ अचम्म छ, खेती थन्क्याउनेलाई त निकै गाह्रो पर्छ नै तर यहाँ मायाप्रेमका जोडीलाई भने पानीले झन् नजिक बनाउँदैछ । झम झम पानी परेको बेला मायालु जोडी सविन र झरना ओत लाग्नका लागि एउटै प्लास्टिक मुनीभए पनि सँगै हुने कोसिस गर्दैछन् ।

    1398833_3669652116712_1316052955_o
    यही दृश्यहरु देखिँदै थियो काठमाडौंको डल्लुस्थित होटल बज्र वरिपरि । शंका नगर तिमी छैन मेरो कोही अरु, तिम्रो माया पाउनलाई भन म के गरुँ भन्दै थिइन् झरना । तर केटाको बानी शंकालु हुन्छ भन्थे त्यहाँ पनि देखियो । नारी भन्ने सागर हुन्, स्वच्छ पवित्र भन्ने बुझेनन् सविनले । त्यसपछि उनीहरुको मनभित्रको शंकाले मायाप्रेमबीच निकट भन्दा विकट बनाउँदै लगेको देखियो ।
    कुरा थियो शंका नगर… बोलको गीतको म्यूजिक भिडियोको । जहाँ सविन आङदेम्बे र अभिनेत्री झरना बज्राचार्यलाई कहिले नजिक त कहिले टाढा बनाउँदै थिए निर्देशक समन अधिकारी । अधिकारीको इशारामा चल्नुपर्ने बाध्यताभित्रका सविन र झरना उक्त म्यूजिक भिडियोका मुख्य पात्र थिए । वचन लिम्बुको शब्दमा शंका नगर बोलको गीतलाई राज शुक्रले संगीत दिएका छन् भने अन्जु पन्तले स्वर दिएकी छन् । भिक्टोरि म्यूजिक कम्पनीबाट बजारमा ल्याउन लागिएको शंका नगर गीतको म्यूजिक भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् । रेस्क्यु क्रियशनको प्रोजेक्टको रुपमा लिइएको यस गीतले बजारमा राम्रो सफलता पाउने आशा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु