• शाहरूखले आफ्नी छोरीलार्इ किस गर्नेको ओठै उखेलिदिने रे

    म्यूजिक खबर
    प्रकाशित: २७ कार्तिक २०७३, शनिबार

    एजेन्सी। बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नी छोरी सुहानालाई जसले किस गर्छ, उसको ओठै उखेलिदिने बताएका छन् । करन जोहरको ‘कफी विथ करन सीजन – ५’ मा पाहुना बनेर गएका उनले सोहि टेलिकास्टमा यस्तो आशय व्यक्त गरेका हुन् । टेलिकास्टमा शाहरुखको साथमा र आलिया भट्ट पनि उपस्थित भएकी थिइन् ।

    ६ नोभेम्बरमा टेलिकास्ट हुने कार्यक्रमको सार्वजनिक भएको प्रोमोमा करनले शाहरुखलाई ‘‘यदि कोही सुहानालाई किस गर्न भने के तिमी उसको ज्यान लिन्छौ र ?’ भनेर सोध्दा ‘म ‘उसको ओठ उखेलिदिन्छु।’ भनेर शाहरुखले जवाफ दिएका थिए । शाहरुख र आलियाको जोडी अपकमिङ फिल्म ‘डियर जिन्दगी’ मा देखिनेछन्। यो फिल्म २५ नोभेम्बरमा रिलिज हुनेछ।

    shahrukh-khan

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु