• शिवको ‘मङ्गली’ ट्रेण्डिङमा, २४ घण्टा नबित्दै ३ लाख बढी भ्युज !

    म्यूजिक खबर
    प्रकाशित: ४ असार २०७५, सोमबार

    असार ४, काठमाडौं । लोकप्रिय गायक शिव परियारको स्वर रहेको ‘मंगली’ बोलको गीत भिडियो सार्वजनिक गरिएसँगै चर्चामा रहेको छ । डस म्यूजिकको युट्युव च्यानलमा अपलोड गरिएको उक्त गीतलाई २४ घण्टा नबित्दै यो समाचार तयार पार्दाको समयमा ३ लाख बढी पटक हेरिएको छ । गीत युट्युवको ३१ औं ट्रेण्डिङमा पर्न सफल रहेको छ ।
    प्रल्लाद शाहको शब्द रहेको गीतमा शंकर थापा स्माईलको कम्पोज र उदय राजा पौडेलको एरेन्ज रहेको छ ।

    सार्वजनिक भिडियोमा भारतीय डान्स रियालिटी शो ‘डान्स प्लस सिजन २’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका सुशान्त खत्रीसँग आँचल शर्माले रोमान्स गरेकी छन् ।

    गीतको भिडियो बिशाल सुबेदीले निर्देशन गरेका हुन् भने निल मानन्धरको छायांकन र सुप्रिम पराजुलिले सम्पादन गरेका हुन् । गीतमा शुशान्त खत्री र राजिव समारको कोरियोग्राफी रहेको छ । भिडियोलाई निर्मल न्यौपाने र युपी गुप्ताले निर्माण गरेका हुन् ।
    हेर्नुहोस् भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु