• शिव परियारलाई नेशनल गजल अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: २१ भाद्र २०७३, मंगलवार

    काठमाडौं । रापती समाजको आयोजनामा भएको राष्ट्रिय गजल उत्सवको अवसरमा गायक शिव परियारलाई नेशनल गजल अवार्ड प्रदान गरिएको छ । पिउँदिन भन्दाभन्दै पिलायो साथीले बोलको गजलबाट गायक परियारले अवार्ड प्राप्त गरेका हुन् । २०७२ सालमा प्रकाशित ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ बोलको गजललाई सर्वाेत्कृष्ट मूल्यांकन गरी गायक परियारसहित गजलकार निहारिकालक्ष्मी शाही, संगीतकार ताराप्रकाश लिम्बुलाई ‘नेसलन गजल अवार्ड’ प्रदान गरिएको थियो ।

    shiva pariyar london
    १५१ औं मोती जयन्तीका अवसरमा काठमाडौंमा ‘राष्ट्रिय गजल उत्सव’ भव्य रुपमा सम्पन्न भएको छ । रापती समाज काठमाडौं र सांस्कृतिक संस्थानद्धारा संयुक्त रुपमा बिहिवार आयोजित गजल उत्सवमा देशका ख्यातीप्राप्त दुई दर्जन बढि गजल श्रष्टा र गायक गायिकाले गजल सुनाएका थिए ।

    ghazal 2072
    कार्यक्रममा दाङका गीतकार, सङ्गीतकार तथा गायक बसन्त लम्सालको गीति एल्वम आमा, देश र परिबेशको अडियो तथा भिडियो विमोजन गरिएको थियो । एल्वमको समीक्षा कवि तथा गीतकार भाबेश भुमरीले गरेका थिए । राप्तीका गजलकार आरजु विष्ट सल्यानीलाई अभिनन्दन गरिएको थियो ।

    ‘रापतीको गजल संगीतको अवस्था’ शिर्षकमा संगीतकार सन्तोष श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका सह–सचिव भरतमणी सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका पुर्वाध्यक्ष गोपाल बस्नेतलेगरेका थिए ।

    manoj raj
    समाजका अध्यक्ष शशि शर्मा मजगैंयाले सञ्चालन गरेको कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, राजेन्द्र थापा, आरजु विष्ट सल्यानी, मानन्धर अभागी, ईन्दु अंशु, लोकराज अधिकारी, शीतल कादम्विनी, कपील अञ्जान, रुपक वनवासी, भावना पाठक, डि.जी शर्मा, संगीता थापा, तपेन्द्र घोरासैनी, सुदेस सत्याल लगायतकाले गजल वाचन गरेर सुनाएका थिए । त्यसैगरी मनोजराज, निशा देशार, ताराप्रकाश लीम्बु, गोविन्द मधुर आचार्य, शरद सागर अधिकारी, विपिन घिमिरे, विन्दु परियार, आकाश थापा लगायतका गायक गायिकाले गजल गाएर सुनाएका थिए । समाजका बरिष्ठ उपाध्यक्ष प्रविणकुमार रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको उद्देश्यमाथि सांस्कृतिक संस्थानका नि.महाप्रवन्धक प्रभाकरदेव शर्माले प्रकाश पारेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु