• संगीतकर्मीको उठान र जागरणको लागि मेची महाकाली सांगीतिक अभियान सुरु हुँदै !

    म्यूजिक खबर
    प्रकाशित: ८ चैत्र २०७४, बिहीबार

    चैत्र ८, काठमाडौं । एउटा सांगीतिक चेतना र जागरण अभियान गर्दै संगीतकार संघ नेपालले संगीतकर्मी कल्याणकोष वृद्धिको लागि मेची महाकाली सांगीतिक यात्रा गर्दै छ । संगीतकार संघको विकास गर्न र नेपाली मौलिक परम्परालाई अघि बडाउन यस अभियानको सुरु गर्न लागेको हो । बैशाख ७ गते बाट काठमाण्डौ देखि सुरु हुने अभियान देशै भर पुराउने संगीतकार संघको तयारी भैरहेको छ । अभियान कार्यक्रममा मनोरंजन को साथै कार्यक्रम २ चरणमा गरिने छ जहाँ भी. आई.पी शो र ओपन कन्सर्ट हुने छ । नेपालको सम्पूर्ण कलाकारहरु सहभागी गराउने यस अभियानलाई ७७ जिल्लामा नै पुग्ने अभियान रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु