• संगीतकार टिका भण्डारी लिखित ‘रेडियो पत्रकारिता’ बजारमा

    म्यूजिक खबर
    प्रकाशित: ८ जेष्ठ २०७४, सोमबार

    Radio journalism

    काठमााडौं । रेडियो प्रसारण सम्बन्धि पाठ्य सामग्रीको अभाव खेपिरहेका लागि ‘रेडियो पत्रकारिता’नामक पुस्तकलाई हेरिटेज पब्लिसर्स भोटाहिटीले बजारमा ल्याएको छ ।

    संगीतकार टीका भण्डारीद्वारा लिखित पुस्तक ‘रेडियो पत्रकारिता’ ले रेडियो प्रसारण क्षेत्रमा जीवन निर्माण गरिरहेका सम्पूर्ण रेडियो प्रसारकहरुलाई लक्षित गरेको छ । आवश्यक परे वा थप जानकारीका लागि ४२२१२९१, ४२२१२९१, ४२१६५३८ मा फोन गर्न सक्नु हुनेछ ।

    लेखक भण्डारीले ‘गहिरो मिहेनत सहितको कोसिस हो, हात परेपछि परिमार्जनका लागि पढेर अवश्य सल्लाह सुझाव दिनु हुनेछ’ भनेर अनुरोध समेत गरेका छन् ।

    tika bhandari

    पुस्तकमा रेडियो प्रसारणको सिंगो जीवन, यसका आधारभूत सैद्दान्तिक र व्यावहारिक पद्दती सम्बन्धि सामग्रीहरु पढ्न सकिने छ । रेडियो प्रसारण क्षेत्रका १० जना शिर्ष रेडियो पत्रकार, प्राध्यापक, डाक्टर ,प्रोफेसर तथा आमसञ्चार विज्ञहरुले यसलाई परिमार्जित गर्न धेरै ठुलो सहयोग पुरयाउनु भएको छ ।

    यस पुस्तकमा कुल ५२६ पृष्ठ, ३२ अध्याय छन् र पुस्तकको मूल्य रु ५९५ रहेको छ । आशा छ यस पुस्तकले रेडियो प्रसारण सम्बन्धि पाठ्य सामग्रीको अभाव खेपिरहेका सबैलाई धेर थोर अवश्य नै सहयोग पुरयाउने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु