• संजीव कुमारको अस्तित्व

    म्यूजिक खबर
    प्रकाशित: २८ माघ २०७४, आईतवार

    २८ माघ, काठमाडौं । गायक तथा संगीतकार सञ्जिव कुमार पौडेलको नयाँ गीतिसंग्रह अस्तित्व बजारमा आएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ गीतकार यादव खरेलको प्रमुख आतिथ्यतामा अस्तित्वलाई सार्वजनिक गरिएको हो । विन्ध्यवासिनी म्यूजिकको आयोजनामा भएको उक्त कार्यक्रममा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, वरिष्ठ संगीतकार शक्ति वल्लभ लगायतको विशेष आतिथ्यता रहेको थियो ।


    नारायण कँडेलको शब्द, रेखा पौडेलको संगीतमा गायक संजीवकुमार पौडेलले एकल स्वर दिएका हुन् । अस्तित्वमा हुन्छु म जब, नजर प्यासी, छैनन् शब्द बाँकी, न मैले बुझ्न सकें लगायत ६ वटा गीत समावेश गरिएको छ । विन्ध्यवासिनी म्यूजिकबाट बजारमा आएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु