![LP Joshi-Laxmi Prasad Joshi](https://musickhabar.com/wp-content/uploads/Lp-josi-150x150.jpg)
पुष ६, काठमाण्डौ । भनिन्छ, बालबालिका भनेका काँचो माटो हुन् । जसरी काँचो माटोलाई जस्तो आकारको बनाउन चाह्यो उस्तै बनाउन सकिन्छ त्यसरी नै बालबालिकालाई जस्तो वातावरण दियो उनिहरुको भविष्य निर्धारण त्यहिंबाट शुरु हुन्छ । यस्तै लागु भएको छ चर्चित गायक शिशिर योगीका छोरा संयोग योगीमा पनि । सांगीतिक पारिवारीक पृष्ठभूमि तथा गायनमा इश्वरीय बरदान भएकैले हुनुपर्छ संयोगले ७ वर्षे उमेरमा नै गायकीय क्षमता देखाए । उनले बाल्यकालमा नै गायकको उपाधी मात्रै पाएनन्, विभिन्न चलचित्रहरुमा स्वर दिएर गायन परिक्षा समेत पास गर्न सफल भए । नाईं नभन्नु ल–३, लाटी लगायतका ठूलो पर्दाका चलचित्रहरुमा सुमधुर स्वर दिएका संयोग यतिबेला सांगीतिक भिडमा चर्चाका पात्र बनिरहेका छन् ।उनै सुमधुर स्वरका धनी बालगायक संयोग योगीले स्वर दिएको पुरानो राष्ट्रिय गीत अहिले आएर सार्वजनिक भएको छ । डि.बी. महेशद्वारा रचना र संगीत अनि स्वरबद्ध गरिएको उक्त गीतलाई पबिधन राइद्वारा पुनः संगीत संयोजन गरिएको छ । उक्त गीतलाई संयोग ७ वर्षको छँदा उनका बुवा शिशिर योगीले रेकर्ड गराएका थिए । गीतलाई स्वर परिक्षणका लागि रेकर्ड गराईएको उक्त गीतको भिडियोलाई हालसालै छाँयाकार सुनम कोइरालाले छायाँङ्कन तथा सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो: