• सरुलाई न्यानो न्यानो भएपछि….

    म्यूजिक खबर
    प्रकाशित: १९ असार २०७१, बिहीबार

    काठमाडौं, १९ असार । गायिका सरु पराजुलीलाई यतिखेर न्यानो न्यानो लाग्न थालेछ । कहिले तिजका एल्बममा आफूलाई राताम्मै बनाउने त कहिले लोक आधुनिक गीतसंगीतमा व्यस्त बनाउँदै आएकी सरु पराजुलीलाई यतिखेर भने न्यानो न्यानो लाग्न थालेको छ । युवराज चौलागाईंको संगीतमा शिव चौलागाईंको शब्द रहेको न्यानो न्यानो बोलको गीतलाई सरुले स्वर दिएकी हुन् । केही समयपहिला मात्रै म्यूजिक भिडियो निर्माण गरिएको गायिका सरुको न्यानो न्यानोमा सहेन्द्र श्रेष्ठले डाइरेक्सन गरेका छन् । हरि हुमागाईंको छायाँकन, प्रकाश तुलाधरको सम्पादन रहेको न्यानो न्यानोमा केकी अधिकारी र विवेक सिंह ठकुरीले अभिनय गरेका छन् । एल्बम नमनमा समावेश गरिएको उक्त गीतको म्यूजिक भिडियोलाई मिराबेल होटल एण्ड रेस्ट्रो धुलिखेलमा छायाँकन गरिएको हो ।
    saru parajuli vdo (5)

     

    saru parajuli vdo (4)

     

    saru parajuli vdo (3)

     

    saru parajuli vdo (2)

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु