• साउदीमा मृगतृष्णा कला साहित्य डबली

    म्यूजिक खबर
    प्रकाशित: १० बैशाख २०७२, बिहीबार

    साउदी अरब । साउदी अरबमा कार्यरत रहेका नेपालीहरु मिलेर मृगतृष्णा कला साहित्य डबली गठन गरिएको छ । मकवानपुरको मनहरिमा रहेको मृगतृष्णा कला साहित्य डबलीको शाखाको रुपमा साउदी अरबमा गठन गरिएको हो । नव वर्षको अवसर पारेर बृद्धिमान घिसिङको अध्यक्षतामा ११ सदस्यीय र ६ जना विशेष सल्लाहकार गरी १७ जनाको कमिटि बनाइएको छ । प्रवासमा रहेर कला, साहित्य एवं मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ गीतसंगीत साहित्यप्रेमी मनहरुको समूह एकजुट भएको हो ।
    मनहरिमा रहेको मुख्य कार्यालयको मातहतमा रही संस्थालाई प्रगतिको दिशातर्फ डो¥याउने प्रतिबद्धता समेत अरब शाखाले गरेको छ । घिसिङको अध्यक्षतामा भएको डबलीमा दलबहादुर पुलामी मगर उपाध्यक्ष, बाबुराम सुनार सचिव, दिपेन सिङ्दान सहसचिव, दिनबहादुर घर्तीमगर कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा टेकबहादुर श्रेष्ठ, टंक न्हेगी, प्रेमकुमार राई, बाबु ठकुरी, सन्तबहादुर मुक्तान, तुलाराम मुक्तान रहेका छन् । विशेष सल्लाहकारहरुमा विकास न्हेगी, शिवनारायण चौधरी, लालबहादुर क्षेत्री, जुमाद्दिन मियाँ, हेमकुमार घलान, कुलबहादुर मगर रहेका छन् ।

    saudi arab nepali (3)
    सोही अवसरमा गीतसंगीत प्रेमी नेपालीहरुलाई डबलीका अध्यक्ष बुद्धिमान घिसिङको भिसीडीसंग्रह प्रदान गरिएको थियो । केही समयअघि मात्र बजारमा आएको उक्त भिसिडी मृगतृष्णा कला साहित्य डबली मनहरिको आयोजनामा मकवानपुर क्षेत्र नं. ४ का सभासद राजाराम स्याङ्तान र निर्देशक शंकर बिसीले विमोचन गरेका थिए । भिसिडीबाट हालम्म साउदीअरबबाट मात्र झण्डै एक लाख संकलन भएको घिसिङले जानकारी दिएका छन् । सोही रकमबाट केही हिस्सा डबलीको मुख्य कार्यालयको व्यवस्थापनमा खर्च गरिने भएको छ ।

    saudi arab nepali (1)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु