• साराको ‘बाँचुन्जेल सँगै बसौ’ सार्वजनिक (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १९ चैत्र २०७४, सोमबार

    काठमाडौं– नेपाली सांगीतिक बजारमा चम्किँदै गरेकी गायिका सारा पौडेलको सुमधुर आवाजमा सजिएको ‘बाँचुन्जेल सँगै बसौ मरे सँगै मरौ’ बोल रहेको आधुनिक गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतकार पासाङ तामाङको उत्कृष्ट शब्द रचनमा रहेको उक्त गीतमा संगीतकार मनिपल राई अत्यन्तै मर्मस्पर्शी संगीत रहेको छ, भने गीतमा सुमधुर स्वरकी धनी गायिका सारा पौडेलको स्वर रहेको छ ।

    प्रनिता रुम्बा तामाङको निर्देशन रहेको म्युजिक भिडियो निर्माण गरिएको छ । गीतमा तामाङ आफै र कविन योञ्जनको अभिनय रहेको छ । भिडियोलाई गोविन्द क्षेत्रीले छायांकन गरेका हुन्, भने ललित सिंह साउत ले सम्पादन गरेका हुन् ।

    प्रवासी भुमिमा नै रहेर पनि गीत संगीतलाई निकै माया गर्ने र प्रवासी भुमिबाटै अभिनय देखिन् निर्देशक गर्दै आएकी प्रनिता भन्छिन्, ‘म्युजिक भिडियो धेरै मेहेनत गरेका छौं ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु