सिर्जना कार्कीको ‘माया’ कस्तो होला (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७४, शुक्रबार

२३ चैत, काठमाडौं । गायिका सिर्जना कार्कीको नया“ पप गीत ‘माया…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रायः सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।

 

पछिल्लो समय आफूले गाउने अधिकांश गीतमा आफैं संगीत सिर्जना गर्न थालेकी गायिका कार्कीले माया गीतमा पनि आफैंले संगीत भरेकी छिन् । गीतका शब्दहरु पनि उनैले रचना गरेकी छिन् । रचनामा उनलाई उनकै भाइ अर्पण कार्कीले सहयोग गरेका छन् ।

यो गीतमा उनले प्रेमीको मायामा आफू हराएको कुरा गरेकी छन् । हर्कुलस बस्नेतको संगीत संयोजन रहेको यो गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका हुन् । रामकुमार केसीले भिडियोलाई छायांकन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु